08 Jun, 2026, Monday

खोज्नुहोस

समाचार

26 Mar,2025

बिराटनगरमा पनि राजाबादीहरु उठे

बिराटनगर / चैत १३ / राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा आज बिराटनगरमा मोटरसाइकल र्याली सम्पन्न भएको छ । पुस्पलाल चोकबाट सुरु भएको सो र्याली बिराटनगर सहरको परिक्रमा गरि कान्चनेश्वर शिव मन्दिर, कन्चनबारीमा पुगेर सभामा परिणत भयो । राप्रपाका महामन्त्री धवन समसेर राणा तथा राप्रपा नेपालका उपाध्यक्ष बल्लभ प्रसाद दाहालको नेतृत्वमा भएको र्यालीमा श्री ५ ज्ञानेन्द्र – […]

23 Mar,2025

कडारोगीले उपचार खर्च पाउने

बिराटनगर / चैत १० / कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, बिराटनगरले कडारोग लागेका २५५६ जना नागरिकलाई उपचार खर्च बापत १३ करोड, २८ लाख, २५ हजार ४३६ रुपैया ६७ पैसा उपलब्ध गराउने भएको छ । आगामी एक महिना भित्र उक्त रकम भुक्तानी भैसक्ने जानकारी मन्त्रालय श्रोतले दिएको छ । बर्तमान प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहिलो […]

17 Mar,2025

त्रिबेणीधाम : बिकाशका लागि प्रयास

बिराटनगर / चैत्र ४ / मोरङको बुढिगङ्गा गाउँ पालिका वडा न ५ स्थित कर्बेनटोका भन्ने स्थानमा रामास्वमेघ यज्ञ तथा पन्च महायज्ञ हुने भएको छ । सो यज्ञ २०८१ चैत ३० गते शनिबार बिहान ७ बजेदेखि संचालन हुनेछ ।सिंगिया त्रिबेणी धामको बिकासको लागि प्रारम्भिक खर्च जुटाउन उक्त एकदिने यज्ञ गरिन लागेको जानकारी आज आयोजीत पत्रकार भेटघाटमा […]

16 Mar,2025

राधा-कृष्ण रासलिला हुदै

बिराटनगर / चैत ३ / श्रीहरी सत्सङ समिति, नेपालको आयोजनामा पर्सि चैत ५ गतेदेखि ९ गतेसम्म श्रीकृष्ण लिला ( रास लिला ) मंचन हुने भएको छ । बिराटनगर स्थित मेनरोडमा रहेको अतिथी सदनको राधा मण्डपमा लिलाको कार्यक्रम संचालन हुनेछ । समितिले आज पत्रकार भेटघाट गरि उक्त जानकारी दिएको हो । भारतको बृन्दाबनबाट आएका २१ जना […]

15 Mar,2025

राजसंस्था पुनरस्थापनाको आन्दोलन चर्किदै

काठमाण्डौ / चैत २ / केही महिनादेखि सुरु भएको राजाबादीहरुको आन्दोलन जारी रहेको छ । “राजा आउ, देश बचाउ” , “हाम्रो राजा हाम्रो देश – प्राणभन्दा प्यारो छ”, “राजा – जनता एक हौ, संघीयता खारेज गर,” जस्ता नाराहरु दिन दिनै चर्कदै जान थालेको छ । यतिखेर नेपाली जनता राजतन्त्रबादी र गणतन्त्रबादीको रुपमा दुई भागमा बिभक्त […]

11 Mar,2025

स्वच्छ पानीका लागि आन्दोलन

बिराटनगर / फागुन २७ / बिराटनगर महानगर पालिका वडा न ४ का खानेपानी उपभोक्ताले आज वडा कार्यालयमा तालाबन्दी गरेका छन । तालाबन्दीबाट वडाका सबै कामकारबाही ठप्प भएका छन । उपभोक्ताहरुले खानेपानी संस्थानले पिउन योग्य पानी बितरण गर्नुपर्ने माग राख्दै उक्त बिरोध कार्यक्रम गरेका हुन । बिगत पाँच बर्षदेखि स्वच्छ पिउने पानी बितरण गर्न र त्यसका […]

21 Feb,2025

सञ्चारकर्मी सञ्चार सहकारीको प्रशिक्षण सम्पन्न

बिराटनगर / फागुन ९ / सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले हिजो प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ । आफ्ना शेयर सदस्यहरुलाई सहकारिता सम्बन्धमा प्रशिक्षित गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम संचालन गरेको सहकारीका सचिब बिजयहरी खतिवडाले बताए । नेपाल पत्रकार महासङघ, मोरङको सभाहलमा सो कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा सहकारीका राष्ट्रिय प्रशिक्षक केशबप्रसाद पोखरेलले प्रशिक्षण दिनुभएको थियो […]

19 Feb,2025

राससले मनायो स्थापना दिवस

बिराटनगर / फागुन ७ / राष्ट्रिय समाचार समितिले आफ्नो ६४ औ स्थापना दिवस मनाएको छ । बिराटनगरमा आज रा.स.स. कोशी प्रदेश कार्यालयले एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । धरान कार्यक्षेत्र रहेकी सङ्गीता राई र झापा कार्यक्षेत्र रहेकी चन्द्रकला भण्डारीलाई उत्कृष्ट समाचारदाताको रुपमा राससले पुरस्कृत गरेको छ । साथै रासस कोशी प्रदेश प्रमुख […]

28 Jan,2025

रेडक्रस मोरङको जिल्लासभा हुँदै

बिराटनगर / माघ १५ / नेपाल रेडक्रस सोसाइटी, मोरङको ५२ औ जिल्ला सभा यही माघ २६ गते बिराटनगरमा हुने भएको छ । सभाले आगामी दुई बर्षको लागि नया कार्यसमितिको चयन गर्नेछ । रेडक्रसको जिल्लासभाको मिति तय भएसगै चुनाबी चहल पहल बढेको छ । २९३ जना मतदाता रहेको मोरङ रेडक्रसको अध्यक्ष पदका लागि सुबोध कुमार सिंहले […]

27 Jan,2025

किशोर नेपाल पुरस्कृत

बिराटनगर / माघ १४ / नोना कोइराला स्मृति प्रतिष्ठानको १७औ स्थापना दिवसको अवसरमा आज वरिष्ठ पत्रकार किशोर नेपाललाई पुरस्कृत गरिएको छ । प्रतिष्ठानका संरक्षक डा. शेखर कोइरालाले दोसल्ला ओढाएर प्रमाण- पत्र र नगदबाट नेपाललाई सम्मान गर्नुभएको हो । बिराटनगर – ४ स्थित प्रतिष्ठानको सभाहलमा आयोजित एक कार्यक्रममा नेपाललाई नोना कोइराला पत्रकारिता पुरस्कार -२०८१ बाट पुरस्कृत […]