03 Apr, 2026, Friday

खोज्नुहोस

मानगढको किचलो टुंगियो

26 May,2025

बिराटनगर / जेठ १२ / एक बर्षदेखि चर्चित बनेको मानगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको किचलो आज सकिएको छ । अदालतको आदेशबाट अस्ति जेठ १० गते भएको निर्बाचनको मतगणना कार्य आज सकिएपछी बर्षदिन अगाडीदेखिको किचलो र उपभोक्ता बीचको आपसी मनमुटाव समाप्त भएको हो ।

१० गतेको निर्बाचनबाट लालमणी भट्टराईको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिती गठन भएको छ । समितिको महिला उपाध्यक्षमा साबित्रा पोखरेल, खुल्ला उपाध्यक्षमा भोलानाथ घिमिरे, सचिबमा प्रदिप कुमार नेपाल र कोषाध्यक्षमा सरोज घिमिरे निर्बाचित भएका छन । त्यस्तै महिला सदस्यमा शान्ति रिजाल र अञ्जु तिम्सिना तथा खुल्ला सदस्यमा केशबप्रसाद आचार्य र चुणामणी खतिवडा निर्बाचित भएका छन ।

बिराटनगर – ३ स्थित मानगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा निर्बाचित हुनका लागि उमेदवारहरुले यसपटक संसदको चुनाबभन्दा कम मिहेनत गरेनन । उनिहरुले साम्सद हुनका लागिभन्दा बढि नै परिश्रम गरेका छन भने राजनैतिक शक्ति र पैसा पनि उत्तिकै प्रयोग गरेको बताइन्छ । त्यसको मुख्य कारण मानगढ खानेपानीले उपभोक्ताबाट जडानदेखि मासिक महसुलसम्ममा पर्याप्त पैसा उठाउछ र समितिलाई पनि राम्रै तलब र भत्ता भुक्तानी गर्छ । घरमा बसी बसी नियमित रुपमा तलब भत्ता आउने भएपछि आपसी लडाई त हुने नै भयो – एक बृद्द उपभोक्ताले बताए ।

गतबर्ष निर्बाचनको बिषयलाई लिएर झगडा भएपछी यसपटकको निर्बाचन सफल बनाउन मोरङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख स्वयम् सकृय हुनुपरेको तथा बाक्लै सुरक्षाकर्मी प्रयोग गर्नुपरेको थियो । यही मानगढ खानेपानीले गतबर्ष एमाले मोरङमा पहिरो गएको थियो भने यसपटक पनि एमाले संस्थापन पक्षलाई ढकाल समुहले राम्रै चाबुक दिएको बताइन्छ । यता नेपाली काङ्ग्रेसका तर्फबाट बिगतमा मुख्यमन्त्री बनेका केदार कार्कीले सचिब प्रदिपकुमार नेपाललाई जिताउन दुर्गा चापागाईमाथी अन्तरघात गर्दै लालमणीसग गहनतम सम्झौता गरेको र उपलब्धी पनि हासिल भएको चर्चा बजारमा त्यत्तिकै छ ।

उपभोक्तालाई सुद्द पिउनेपानी दिने नाममा ती नै उपभोक्ताबाट उठाइएको रकमबाट समितिका पदधिकारीले मस्तीगर्ने परिपाटी बन्द नभएसम्म मानगढमा आपसी झगडा नटुङगीने दाबी एक सचेत उपभोक्ताले गरेका छन ।