03 Apr, 2026, Friday

खोज्नुहोस

यति एयरमा चोरी हुनेगरेको खुलासा

26 May,2025

बिराटनगर / जेठ १२ / बिराटनगरबाट काठमाडौ पठाइएको सामानमा चोरीगर्ने नियतले पोका फुटाएको पाइएपछि यति एयरमा हुने गरेको चोरीको रहस्य खुलेको छ । यसबाट एयरको बिस्वसनियता माथी गम्भीर शंका उब्जिएको छ ।

फुटाइएको पोका

गत जेठ १० गते बिराटनगरका प्रेमप्रसाद सन्जेलले यति एयरमा बुकिङ गरि डा बिनिता सन्जेलले पाउने गरि काठमाण्डौ पठाएको १४ किलो सामान डा बिनिताले बुझिलिनु अगाडी नै प्याकेट फुटाई खोतल खातल समेत गरेको पाइएपछी यति एयरमा सामान चोरी हुनेगरेको रहस्य खुलेको हो । सन्जेलले आफ्नो सामानको त्यो गति कसरी भयो ? भनी खोजी गर्दा बिराटनगरका स्टेसन म्यानेजर प्रेम कुवरले गल्ती स्वीकार गरि माफी मागेपछी आफुले मरेकोलाई मार्नु हुदैन भन्ने शास्त्रमा भएको कुरा सम्झी माफी दिएको कुरा आज पत्रकार सम्मेलन गरि सन्जेलले बताए । उनले अब आइन्दा यति एयरलाई बिस्वास नगर्न पनि सुझाब दिए ।