08 Jun, 2026, Monday

खोज्नुहोस

समाचार

17 Aug,2025

भगवान राधाकृष्णको रथयात्रा सम्पन्न

बिराटनगर / भदौ – ०१, ०८२ / एशियाकै दोश्रो ठूलो मानिने बिराटनगरको राधाकृष्ण रथयात्रा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्णलाई रथमा बिराजमान गराई यात्रा गराउने परम्परा अनुसार आज रथयात्रा गरिएको हो । सन् १९८८ मा इन्द्रलाल भट्टले थाल्नुभएको खटयात्रा भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको योगदानमा २०२५ सम्म आउँदा एक भव्य रथयात्राको […]

14 Aug,2025

थारु भाषालाई समेट्न माग

बिराटनगर / साउन २९ / कोशी प्रदेश सरकारले “सरकारी कामकाजको भाषा सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक” मा थारु भाषालाई समाबेश नगरेकोमा थारुहरुले तिब्र बिरोध जनाएका छन । प्रदेश सरकारको गत साउन १५ गतेको बैठकले नेपाली भाषाका साथै मैथिली र लिम्बू भाषालाई मात्र प्रदेश सरकारी कामकाजको भाषा हुनेगरी नीति पारित गरेको थियो । मोरङ, सुनसरी, झापा […]

02 Aug,2025

वृद्ध क्रियाशीलहरु सम्मानित

बिराटनगर / साउन १७, २०८२/ नेपाली काङ्ग्रेसका चर्चित नेता डा. शेखर कोइरालाले पुरानो पुस्ताको आकर्शणबाट नै युबापुस्ता पार्टीमा आउने र युबापुस्ताले नै नेपाली काङ्ग्रेसलाई चलायमान बनाउने कुरा बताउनु भएको छ । आज बिराटनगर – ४ का ७५ बर्ष पूरा गर्नुभएका कृयाशील सदस्यहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मानगर्दै डा. कोइराले उक्त कुरा बताउनु भएको हो । सम्मानित […]

31 Jul,2025

रेडक्रसले नयाँ नेतृत्व पायो

काठमाडौ / २०८२ साउन १५ / नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयले लामो प्रतीक्षा पछि नेतृत्व पाएको छ । रेडक्रस तीनमहिनादेखि नेतृत्व बिहिन थियो । नेपाल सरकारको यही साउन ९ गतेको निर्णयबाट बिनोद कुमार शर्माको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय तदर्थ समिती गठन भएको छ । नबगठीत समितिको उपाध्यक्षमा हरि बराल, महामन्त्रीमा मीनबहादुर मल्ल, कोषाध्यक्षमा लोकदर्शन श्रेष्ठ […]

Biratnagar Radhakrishna Rath Yatra

28 Jul,2025

राधाकृष्ण रथ यात्राको तयारी हुँदै

बिराटनगर / साउन १२, २०८२ / कोशी प्रदेशकै बहु चर्चित राधाकृष्ण रथयात्रा आउदो भदौ १ गते हुदैछ । श्रीकृष्ण जन्माष्टमी साउन ३१ गते भएकोले रथयात्रा भदौ १ गते हुने भएको हो । बिक्रम सम्बत १९८८ मा धर्मप्रेमी पण्डित इन्द्रलाल भट्टले बिराटनगर – १ स्थित पानीटङकीमा राधाकृष्ण मन्दिरको निर्माण गराउनु भएको थियो । उहाले नै राधाकृष्णको […]

25 Jul,2025

इन्द्रलाल भट्ट: राधाकृष्ण मन्दिर र विराटनगर रथयात्राका प्रेरणादायी आधारस्तम्भ

– गिता निरौला भन्डारी विराटनगर / श्रावण ९ – राधाकृष्ण मन्दिर, शिवालय र विराटनगरको भव्य रथयात्राका संस्थापक, समाजसेवी स्वर्गीय इन्द्रलाल भट्ट भगवानका अनन्य भक्त हुनुहुन्थ्यो । उहाँको जीवनकाल र मन्दिर स्थापनाको वास्तविक इतिहासबारे हाल देखिएका भ्रमहरू चिर्न यो आलेख प्रस्तुत गरिएको छ । मन्दिर स्थापना र भट्टको निष्ठा वि.सं. १९८७ मा इन्द्रलाल भट्टले विराटनगर–१ को पानीट्याङ्की […]

11 Jul,2025

मोरङमा चार पत्रकार पुरस्कृत

बिराटनगर / असार २७ / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड, बिराटनगरले आज मोरङका चारजना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । उच्च अदालत बिराटनगरका माननीय मूख्य न्यायाधीश राजनप्रसाद भट्टराईले सबै पुरस्कृत पत्रकारहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र र नगदबाट सम्मानित गर्नुभएको हो । राष्ट्रिय समाचार समिती, बिराटनगरका पुर्ब पत्रकार मिनादेबी श्रेष्ठले गत २०७२ सालमा स्थापना गर्नुभएको महिला प्रोत्साहन पुरस्कार […]

28 May,2025

भोलि राजसंस्था फर्केला ?

काठमाडौ / जेठ १४ / भोलि जेठ १५ गते राजसंस्थाको पुनर्स्थापना र हिन्दुधर्म स्थापनाको लागि आन्दोलन छ । भोलि नै गणतन्त्र दिबस पनि हो । राजतन्त्र चाहने र गणतन्त्र चाहने दुई बिपरित सिद्धान्त बोकेका संस्थाहरुको छुट्टा छुट्टै कार्यक्रम पनि छन । कार्यक्रम राजाबादीको रत्नपार्कमा छ भने गणतन्त्रबादीको भृकुटी मण्डपमा छ । दुबै स्थान नजिकै छन […]

28 May,2025

युबा उद्यमीहरुको सम्मेलन हुँदै

बिराटनगर / जेठ १४ / नेपाली युबा उद्यमी मंच, बिराटनगर च्याप्टरले नेपाल र भारतका युबा उद्यमीहरुको सम्मेलनको आयोजना गर्नेभएको छ । पहिलो भेला चारबर्ष अगाडि सम्पन्न भएको थियो । यो सम्मेलन आउदो जेठ २५ गते झापाको होटल मेची क्राउनमा सन्चालन हुने छ । यो सम्मेलन दोश्रो हो । चारबर्ष अघि पनि यही संस्थाले दुई देशका […]

27 May,2025

प्रेस युनियनको प्रभातफेरी

बिराटनगर / जेठ १३ / नेपाल प्रेस युनियनको ३४ औ स्थापना दिबसको उपलक्षमा आज प्रभातफेरीको आयोजना गरियो । युनियनको मोरङ जिल्ला शाखाको आयोजनामा भएको प्रभातफेरी नेपाल पत्रकार महासंघ, मोरङ जिल्ला शाखाको प्राङ्गणबाट सुरु भै स्थानीय महेन्द्र चोक, शनिमन्दिर चोक, जलजला चोक, काली मन्दिर, हनुमान मन्दिर, ट्राफिक चोक हुँदै पु:न पत्रकार महासङघमा पुगेर सभामा परिणत भएको […]