सिभिल अस्पतालमा थप एकको मृत्यु, कुल मृतक संख्या १४ पुग्यो
08 Sep,2025
२३ भदौ, काठमाडौं – सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध चलिरहेको आन्दोलनमा गम्भीर घाइते भएका अर्को एक प्रदर्शनकारीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालहरूमा मृत्यु हुनेको संख्या १४ पुगेको पुष्टि भएको छ। दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएको थियो भने पछिल्लो मृत्युसँगै संख्या बढेको हो।
हालसम्म ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।
घाइतेहरूको सही संख्या र अवस्था सम्बन्धी विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।