03 Apr, 2026, Friday

खोज्नुहोस

पत्रकारको शुभकामना

19 Oct,2025

बिराटनगर / २०८२ कार्तिक ०२ /

नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । २०८२ सालका दशै, तिहार, छैठ लगायतका चाड पर्बको अवसरमा सो कार्यक्रम गरिएको हो । बिराटनगर स्थित महासंघको प्रदेश कार्यालय परिषरमा भएको सो कार्यक्रममा प्रदेशका अग्रजहरु समेत पत्रकारहरुको बाक्लो उपस्थिती थियो । पत्रकार महासंघको प्रदेश कार्यालय स्थापना पछि यस्तो जमघट पहिलो पटक भएको हो । यस प्रकारको कार्यक्रमले पत्रकारहरुबीच आपसी एकता, बिश्वास र सहयोगी भाबनामा वृद्धि हुने कुरा बरिष्ठ उपाध्यक्ष कुमोद अधिकारीले बताउनु भयो । कार्यक्रम प्रदेश अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको थियो भने महासचिब हिमा चेमजोङले सन्चालन गर्नु भएको थियो ।