सञ्चारकर्मी सहकारीको साधारणसभा सम्पन्न
31 Oct,2025
बिराटनगर / २०८२ कार्तिक १४ / सञ्चारकर्मी सञ्चार सहकारी संस्था, बिराटनगरको १४ औ साधारण सभा आज सम्पन्न भएको छ । मोरङ जिल्ला अदालतका न्यायाधिस माननीय केशब प्रसाद घिमिरेको प्रमूख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमूख अतिथी घिमिरेले सहकारीका शेयर सदस्यहरु डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाललाई बिद्याबारिधी गरि सहकारीको प्रतिष्ठा बढाए बापत “गौरब सम्मान” प्रदान गर्नुभयो । संस्थाले सेयर सदस्यका छोरा, छोरी मध्ये SEE मा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रा मेघा श्रेष्ठ र छात्र श्रेय शर्मालाई शिक्षा पुरस्कारबाट सम्मानित गरेको छ । मेघा शेयरसदस्य मिनकुमार श्रेष्ठकी छोरी हुन भने श्रेय शर्मा शेयर सदस्य श्यामसुन्दर सुतिहारका छोरा हुन ।

त्यस्तै यसबर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ठ नतिजा हासिल गर्ने शेयर सदस्यका छोरा छोरीहरु मद्दे उत्कृष्ट छात्रा मृदुला बिष्ट र हृषब पोखरेललाई शिक्षा पुरस्कारबाट सम्मानित गरिएको छ । मृदुला शेयरसदस्य महेन्द्र बिष्टकी छोरी हुन भने हृषब शेयरसदस्य डा. डिल्ली पोखरेलका छोरा हुन ।
संस्थाले उत्कृष्ट रिणीको रुपमा शेयरसदस्य अनिल श्रेष्ठलाई र उत्कृष्ट बचतकर्ताको रुपमा शेयरसदस्यहरु कबिता घिमिरे र कुलानन्द गच्छदारलाई सम्मान गरेको छ । पुरस्कृत सबैलाई प्रमुख अतिथि मा. केशब प्रसाद घिमिरेले नगद सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्थाका अध्यक्ष दीपक दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ, मोरङका अध्यक्ष सुशीला पाठक, सम्मानित ब्यक्तित्वहरु डा. डिल्ली पोखरेल, डा. धर्मराज ढकाल, माधब अधिकारी र महाप्रसाद खतिवडाले बोल्नुभएको थियो ।