03 Apr, 2026, Friday

खोज्नुहोस

छैठपर्ब सम्पन्न

28 Oct,2025

बिराटनगर / २०८२ कार्तिक ११ /

तराई मधेसमा अत्यन्त महत्वका साथ मनाइने २०८२ सालको छैठपर्ब सम्पन्न भएको छ । गत ८ गतेदेखि सुरुभएको छैठपर्व आज ११ गते बिहान उदाउदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको हो ।

बिराटनगर क्षेत्रमा केशलिया खोला,सिंगीया खोला, नहर जस्ता जलक्षेत्रमा गएर ब्रतालु तथा भक्तजनहरुले अघिल्लो दिन साझ अस्ताउदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट बिहान उदाउदो सूर्यलाई अर्घदिएपछि छैठपर्ब समापन हुने चलन छ । मोरङ, सुनसरीका कतिपय परिबार ठुलो जलक्षेत्र भन्दै कोशी नदी समेत पुग्ने गरेका छन ।

Chhaith

बिराटनगर शहरको नजिक रहेको तथा कटहरी गाउपलिकाका भक्तजनहरुको पायकपर्ने स्थान हुनाले धेरैजसो भक्तजन सिंगिया नदी जलक्षेत्रमा जाने गरेका छन । छैठीमाताको पुजा आराधना गर्ने र सूर्यलाई अर्घदिने बिराटनगर क्षेत्रको सिंगियाघाट पुरानो हो र यो ब्यबस्थित पनि छ । बिगतदेखि नै स्थानीय सरकार, जिल्ला तहका सरकारी निकायहरुले प्रसस्त आर्थिक सहयोग पुर्याउदै आएकोले पनि सिंगिया घाट ब्यबस्थित बन्न सकेको हो । अन्य स्थानहरुलाई भने सम्बन्धित निकायहरुले बेवास्ता गर्दै आएका छन । जनघनत्वलाई मध्यनजर गर्दै ती निकायहरुले भक्तजनहरुको माग अनुसार परोपकार घाट, नहरका विभिन्न स्थान तथा केशलिया नदीका विभिन्न स्थानहरुलाई पनि लगानी गरि ब्यबस्थित बनाउनु पर्ने माग यतिखेर बढदै गएको छ ।

केही बर्ष अगाडीसम्म तराईका आदीबासीले मात्र मनाउने छैठ पर्व अहिले पाहाडी समुदायले पनि उत्तिकै मनाउन थालेका छन । छैठीमाताको आशीर्बादले समाजमा एकता, शान्ति र आपसी सहयोग बढेको भक्तजनहरुले नै बताउन थालेका छन ।

यसबर्षको छैठ पर्बमा परिबारको अबिभाबक पुजा आराधनामा ब्यस्त रहेको तर अरु परिबार टिकटक र फेशनमा मस्तरहेको देखिएको छ । भिडभाड रहने कुनै घाटहरुलाई युवा युबतीहरुले आफ्नो सान र फेसन प्रदर्शन गर्ने स्थान बनाएका छनभने कतिपय अबिभाबकहरुले यो पर्बलाई धन सम्पत्ती प्रदर्शन गर्ने थलो समेत बनाएको पाइएको छ । यस्तो बिकृती बढ्दै गएमा सामाजिक एकता बिथोलिन सक्ने खतरा रहेको पनि केही बुज्रुक भक्तजनले बताएका छन ।