08 Sep,2025
काठमाडौंमा जेन जेडको आन्दोलन जारी छ। सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको यो विरोध प्रदर्शन अहिले पनि रोकिएको छैन। कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ र सयभन्दा बढी गम्भीर घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। तर पाँच घण्टा बितिसक्दा पनि सिंहदरबार मौन छ। कुनै मन्त्रीको आवाज आएको छैन, कुनै सरकारी प्रतिनिधि सडकमा पुगेका छैनन्। गृह मन्त्रालय, कानुन मन्त्रालय, प्रधानमन्त्री […]
08 Sep,2025
२३ भदौ, काठमाडौं – सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध चलिरहेको आन्दोलनमा गम्भीर घाइते भएका अर्को एक प्रदर्शनकारीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालहरूमा मृत्यु हुनेको संख्या १४ पुगेको पुष्टि भएको छ। दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएको थियो भने पछिल्लो मृत्युसँगै संख्या बढेको हो। […]
08 Sep,2025
काठमाडौंमा सोमबार हजारौं युवाहरू सडकमा उत्रिएर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेज गर्न र देशव्यापी भ्रष्टाचार अन्त्य गर्न माग गरेका छन्। प्रहरी र प्रदर्शनकारीबीच भएको हिंसात्मक भिडन्तमा नौ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। नयाँ बानेश्वरमा भएको झडपमा गोली लागेको एक प्रदर्शनकारीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। प्रहरीको […]
08 Sep,2025
सोमबार नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या बढेर छ जना पुगेको छ। दिनको सुरुवातमै एक प्रदर्शनकारीको मृत्यु भएको थियो भने, घाइते 5 जनाको उपचारका क्रममा निधन भएपछि संख्या बढेको हो। सिभिल अस्पतालका कार्यकारी निर्देशकका अनुसार अस्पतालमा उपचाररत दुई प्रदर्शनकारीले ज्यान गुमाए। उनीहरू संघीय संसद भवन बाहिर भएको प्रदर्शनमा गम्भीर घाइते […]
05 Sep,2025
वाशिङटन, २०८२ भदौ १९ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै रक्षा मन्त्रालयको नाम फेरि पुरानो नाम “युद्ध मन्त्रालय” राख्ने भएका छन्। यो नाम करिब १५० वर्षसम्म प्रयोग भएको थियो र दोस्रो विश्वयुद्धपछि मात्र बदलिएको थियो। ह्वाइट हाउसका अनुसार यो कदमले अमेरिकी सेनाको मुख्य उद्देश्य युद्धको तयारी र सैन्य क्षमतालाई अझ स्पष्ट […]
02 Sep,2025
बिराटनगर / २०८२ भदौ १७ / राष्ट्रिय मुक्ती पार्टी नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले ९० प्रतिशत जनमत पाएका नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओबादीका नेताहरुले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन । राष्ट्रिय मुक्ती पार्टी नेपालको मोरङ जिल्ला समितिले आज बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले उक्त आरोप लगाएका हुन । महतोले काङ्ग्रेस, एमाले र […]
01 Sep,2025
हामी धेरैले ♻ चिन्हलाई रीसाइक्लिङको संकेत भनेर चिन्छौँ। तर आश्चर्यजनक रूपमा, यो सानो लोगोले वस्तु वास्तवमै रीसाइक्ल गर्न सकिन्छ भन्ने ग्यारेन्टी गर्दैन। यसको मुख्य उद्देश्य प्लास्टिकको प्रकार जनाउनु हो—बीचको नम्बर, जस्तै १ PET वा ३ PVC, प्लास्टिक छुट्याउन मद्दत गर्छ, तर यसले सबै ठाउँमा स्वीकार हुने ग्यारेन्टी दिँदैन। वास्तवमा, क्यालिफोर्नियाले गैर-रिसाइकल योग्य वस्तुमा यो लोगो […]
01 Sep,2025
राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशत शुल्क लगाउने निर्णयले भारतको चीनको विकल्प बन्ने ठूलो महत्वाकांक्षामा गम्भीर धक्का पुर्याएको छ। यो शुल्क गत सातादेखि लागू भइसकेको छ र यसले भारतले वर्षौंको प्रयासपछि बनाएको विश्वसनीय उत्पादन गन्तव्यको छवि हल्लाएको छ — जुन रणनीतिलाई बहुराष्ट्रिय कम्पनीहरूले “चाइना प्लस वन” भनेर चिनिन्छ। बदलिँदो परिदृश्य नयाँ व्यापार […]
28 Aug,2025
मादी, सङ्खुवासभा / भदौ १२ / सङ्खुवासभाको मादी नगरपालिका – ५ स्थित मादी माध्यमिक विद्यालयले आफ्नो ७५ औ बार्षिकोत्सब मनाएको छ । गत २००८ सालमा स्थापना भएको सो बिद्यालयले आज एक भब्य कार्यक्रमको आयोजना गरि हिरक महोत्सब मनाएको हो । बिद्यालयले निर्माण गरेको हिरक स्तम्भ र बिद्याकि देबी सरस्वतीको आकर्षक मुर्तिको राष्ट्रपति रामचन्द्र पौडेलले अनाबरण […]
23 Aug,2025
बिराटनगर / २०८२ भदौ ०७ / कोशी प्रदेशका पत्रकारहरुको प्रेस स्वतन्त्रता कुण्ठित हुनेगरी प्रदेश सरकारले ल्याउन लागेको बिधेयकको प्रेस सम्बद्द सबै संस्थाहरुले बिरोध जनाएका छन । कोशी प्रदेश सरकारले न्याय, प्रशासन तथा बिधायन समितिमा पेसगरेको र हाल छलफलमा रहेता पनि संसदबाट पास गरीछाड्ने मनसाय राखिएकोले पत्रकारहरुले सो बिधेयकको बिरोध गर्नु परेको हो । बिधेयकमा कुनै […]