03 Apr, 2026, Friday

खोज्नुहोस

कोशीमा मन्त्रीमण्डल पुनर्गठन

07 Jan,2026

बिराटनगर / २०८२ पुस २४ /

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिजो मंगलबार मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ । एमाले र काङ्ग्रेसको केन्द्रीय गठबन्धन अनुसार नै उहाले काङ्ग्रेसबाट ५ जना र एमालेबाट ५ जना मन्त्री नियुक्त गर्नुभएको हो ।

१४ महिना पछि यो मन्त्रीमण्डल फेरबदल भएको हो ।नब गठित मन्त्रीपरिषदमा मोरङका ( ४ जना ) भिम पराजुली – पर्यटन बन तथा बाताबरण, मान बहादुर लिम्बू – स्वास्थ्य, शोभा चेमजोङ – ( राज्यमन्त्री ) भौतिक पुर्बाधार बिकाश र उमाकान्त गौतम – ( राज्यमन्त्री ) आन्तरिक मामिला तथा कानून हुनुहुन्छ । त्यस्तै सुनसरीका ( २ जना ) रामप्रसाद मेहता – सामाजिक बिकाश र इस्राइल मन्सुरी – कृषि तथा सहकारी हुनुहुन्छ । सङ्खुवासभाका बिदुर लिङ्थेप – आर्थिक मामिला तथा योजना, झापाका तिलचन पाठक – खानेपानी सिंचाइ उर्जा, धनकुटाका इन्द्रमणी पराजुली – आन्तरिक मामिला तथा कानून, ओखलढुंगाका प्रदिप सुनुवार – भौतिक पुर्बाधार बिकाश मन्त्री पदमा नियुक्त हुनुभएको छ । सबै ८ जना मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले र २ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले हिजै सपथ गराउनु भएको थियो । नया मन्त्रीहरु प्रदिप सुनुवार, भिम पराजुली, इस्राइल मन्सुरी, मानबहादुर लिम्बू र शोभा चेमजोङ काङ्ग्रेसबाट नियुक्त भएका हुन भने अन्य ५ जना एमालेबाट नियुक्त भएका हुन ।

हिजो गठन भएको मन्त्रीमण्डल पनि बिबादरहित बन्न सकेन । मुख्यमन्त्री कार्कीमाथि महिलाहरुलाई हेला गरेको र प्रदेशका दुर्गम जिल्लाहरुको यथोचित प्रतिनिधित्व नगराएको आरोप लागेको छ । मुख्यमन्त्री कार्कीले पहिलेदेखि नै एकजना मात्र महिलालाई राज्यमन्त्रीको रुपमा सामेल गराउदै आउनु भएको छ । एमाले-काङ्ग्रेस गठबन्धनमा कोशीमा ६९ प्रदेश साम्सद मध्ये २६ जना महिला छन – त्यसको प्रतिशत ३८ हुन आउँछ तर कार्कीले एकजाना( ११ %) मात्र नियुक्त गर्नुभएको छ, त्यो पनि राज्यमन्त्री ? महिलाहरुको क्षमता माथी मुख्यमन्त्रीले प्रश्नचिन्ह लगाएको आरोप लगाउदै महिला साम्सदहरुले गम्भीर आपत्ती जनाएका छन ।

हिजोको फेरबदलमा कोशी प्रदेशका १४ जिल्लामध्ये ८ जिल्ला प्रतिनिधित्वबिहिन छन । ती जिल्लाहरुमा ताप्लेजुङ, पाचथर, इलाम, तेह्रथुम, सोलुखुम्बु, खोटाङ, भोजपुर, उदयपुर हुन । ११ जनाको मन्त्रीपरिषदमा झापाका मुख्यमन्त्री सहित २ जना, सुनसरीका २ जना र मोरङका ४ जनालाई मन्त्री बनाएको छ तर दुर्गम पाहाडका जिल्लाहरुलाई अपमान गरेको आरोप पनि मुख्य मन्त्री माथी छ । नेकपा एमालेको केन्द्रीय सचिबमा निर्बाचित भएयता सरकारी कामकाजमा भन्दा पार्टीको काममा ब्यस्त रहने गरेको आरोप पनि उहामथी छ । काङ्ग्रेससग गठ्बन्धन भएपनि प्रदेशस्तरीय नियुक्ती, सुबिधा र अन्य कामकारबाहीमा एमाले बाहेक अरुलाई देख्दै नदेख्ने आरोप पनि मुख्यमन्त्री कार्कीलाई पहिलेदेखि नै लाग्दैआएको छ ।