24 May, 2026, Sunday

खोज्नुहोस

श्रीराम नवमी भब्यरुपमा मनाइने

22 Mar,2026

बिराटनगर / २०८२ चैत्र ०८ / बिश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश समितिले श्रीराम नवमी र श्रीहनुमान जयन्तीको अवसरमा बिराटनगरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्ने भएको छ । बिगत तीन बर्षदेखि सो उपलक्षमा कार्यक्रमहरु हुदै आएको भएपनि यसबर्षका कार्यक्रमहरु विशेष भब्य -सभ्य र ब्यबस्थित हुने कुरा आज आयोजित पत्रकार सम्मेलनमा परिषदका कोशी प्रदेश अध्यक्ष देबेन्द्र प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

परिषदको कार्यक्रम अनुसार श्रीराम नवमीको उपलक्ष्यमा यही चैत्र १३ गते बिराटनगर स्थित पन्चमुखी हनुमान मन्दिरमा दिउँसो २:३० बजे भक्तजनहरु भेला भै बृहत् बाइक र्याली सम्पन्न गरिने छ । उक्त बाइक र्यालीले बिराटनगर महानगर क्षेत्र परिक्रमा गर्ने छ ।

आगामी चैत्र १९ गते श्रीहनुमान जयन्तीको उपलक्ष्यमा रथ सहितको भब्य शोभायात्राको आयोजना गरिने छ । दिउसो ४:३० बजे सुरु गरिने भनिएको सो सोभायात्रामा धर्म संस्कृति झल्किने विभिन्न झाकीहरु समेत रहने छन । यो शोभयात्राले बिराटनगर शहरको परिक्रमा गर्नेछ ।

गत २०८० सालमा परिषदकै आयोजनामा भएको कार्यक्रममा बिराटनगरका हिन्दु- मुस्लिम बीच बिबाद भै हुलदङगा समेत भएकोले यसपटक त्यस्ता उछृङ्खल गतिबिधी हुन नदिन र धार्मिक भाईचारा कायम राख्न बिशेष सुरक्षा ब्यबस्था गरिएको र आबस्यक साबधानी अपनाईएको परिषदले जनाएको छ ।