महिला पत्रकारको लागि क्यान्सर जाच सिबिर सन्चालन
03 Feb,2026
बिराटनगर / २०८२ माघ २० /
नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आज क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम सन्चालन गरेको छ । बिराट क्यान्सर इन्स्टीच्युटको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम संचालन गरेको हो ।

बिराट क्यान्सर अस्पतालका वरिष्ठ डा. अस्मीता रायमाझीले बर्तमान समयमा प्राणघातक क्यान्सरको भयाबह अबस्थाको बारेमा स्पस्ट गर्नुभयो । आजै मोरङका महिला पत्रकारहरु र पुरुष पत्रकारका श्रीमतीहरुको पाठेघर तथा सम्भाबित क्यान्सर रोग सम्बन्धी चेक जाच समेत गरिएको थियो । सो अवसरमा १८ जना महिलाहरुको जाच गरिएको थियो । चेक जाचको कार्य डा. बबिता शाहले गर्नुभएको थियो ।
केही महिना अगाडि पनि नेपाल पत्रकार महासंघ, मोरङ शाखाले बिराट नर्सिङ होमको प्राबिधिक सहयोगमा निशुल्क रुपमा सबै पत्रकारहरुको मुटु, कान तथा आँखा जाच सिबिर संचालन गरेको थियो । आजको चेतनामुलक कार्यक्रम तथा चेक जाच गर्ने कार्य अत्यन्त उपयोगी भएको बताउदै महासंघका मोरङ अध्यक्ष सुशीला पाठकले सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।