09 Apr, 2026, Thursday

खोज्नुहोस

राजा महेन्द्रको शालिक बन्ने

09 Apr,2026

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा स्व. श्री ५ महेन्द्रको शालिकको पुनर्स्थापना गर्ने भएको छ । मञ्चले बिराटनगरको इतिहासको जगेर्ना गर्ने उद्देश्यले भत्काइएका सम्रचनाहरुको पुनर्निर्माण गर्ने अभियान थालेको जनाएको छ ।

गत ०६२/६३ को आन्दोलनमा गणतन्त्रबादीहरुले राजा महेन्द्रको ऐतिहासिक सालिक भत्काई सो ठाउँलाई जनआन्दोलन चोक भनी नामाकरण गरेका थिए । महेन्द्र चोकदेखि पुरानो ट्राफिक चोकसम्मको हिमालय रोड नामको सुबिधाजनक सडकलाई आधुनिकता दिने र सुन्दर बनाउने नाममा बिराटनगर महानगरले त्यहाका उपभोक्ताको चाहना बिपरित अनुपयोगी ढाचामा सडक निर्माण गर्यो । सो ऐतिहासिक सडकलाई ( MG Road )एम जी अर्थात महात्मा गान्धी रोड भनियो । सडकको नाम सुन्दा स्थानीय नागरिकहरु अचम्मित भए । त्यहाका ब्यापारीहरुले महानगरको सो कार्यको त्यतिबेलै कडा बिरोध जनाएका थिए ।

आज सनातन युवा मञ्च नेपालले पत्रकार सम्मेलनकोआयोजना गरि शालिकको पुनर्स्थापना र हिमालय रोड नै कायम गर्ने यो ऐतिहासिक कार्यमा सबै संघ, संस्था, ब्यक्ति तथा स्थानीय सरकार समेतको सहयोग प्राप्त हुने बिस्वास गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष नवराज ढकालले सो अवसरमा बोल्दै श्री ५ पृथ्वीनारायण शाह तथा श्री ५ महेन्द्रलाई राजनीतिसग जोडेर पक्ष बिपक्षको रुपमा हेर्न नहुने बताउदै उहाहरुको योगदानलाई स्मरण गर्न र सम्मान गर्न सबैसग आग्रह गर्नुभयो । उहाले सबैलाई आ- आफ्ना ठाउका ऐतिहासिक धरोहरहरुको सम्रक्षणका लागि अग्रसर रहन अनुरोध पनि गर्नुभयो ।