12 Sep,2026
बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर – खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार – २०८३ बाट कान्तिपुर दैनिकका फोटो पत्रकार शम्भु पोखरेललाई पुरस्कृत गरिएको छ । एघार हजार रुपैया राशीको यो पुरस्कार बिराटनगरका अग्रज पत्रकार तथा जनबार्ता दैनिकका सस्थापक स्वर्गीय कोषराज रेग्मीले गत २०४५ सालमा स्थापना गर्नुभएको थियो । […]
09 Sep,2026
बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२ औ अधिबेशनले भोजराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । सबै पदाधिकारी र सदस्यहरु निर्बिरोध निर्बाचित भएका हुन । निर्बिरोध निर्बाचित हुने उपाध्यक्षहरुमा – गोपाल पोखरेल, पर्शुराम निरौला र उषाकुमारी सरदार, सचिबमा – सन्तोष बास्तोला, सह सचिबमा – […]
02 Sep,2026
बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते सम्पन्न हुदैछ । रथयात्राको सबै तयारी पूरा भैसकेको राधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो । राधाकृष्णको रथयात्रा सफलता साथ सम्पन्न गर्न समारोह समितिले रथमार्ग सङ्केत निर्देशन उपसमिती, झाकी ब्यबस्था, रथ श्रीङ्गार, स्वास्थ्य र प्राथमिक उपचार,स्वयंसेवक, प्रसाद ब्यबस्था, पिउने […]
18 Aug,2026
बिराटनगर / २०८३ भदौ ०२ / बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ स्थापना दिवस मनाएको छ । स्थानीय सीटी पार्टी प्यालेसमा आयोजना गरिएको भब्य कार्यक्रममा समाजसेवी गुणराज ढुङ्गेल र जोशी भुजियाका मालिक शिबरतन शर्मा जोशीलाई सम्मान समेत गरिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापती पुस्पा भुसालको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो […]
18 Aug,2026
बिराटनगर / २०८३ भदौ ०२ / कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले हिजो आफ्नो मन्त्री मण्डलको पुनर्गठन गर्नु भएको छ । ११ सदस्यीय पुनर्गठित मन्त्रीमण्डलमा नेकपा एमालेबाट मुख्यमन्त्री सहित ६ जना र नेपाली कम्युनिष्ट पार्टी ( मओबादी ) बाट ५ जना सामेल छन । पुनर्गठित मन्त्रीमण्डलका मन्त्रीहरुमा १) खिनु लङ्बा ( लिम्बू ) – […]
30 Jul,2026
बिराटनगर / २०८३ साउन १४ / सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ । आज न्युरो अस्पताल बिराटनगरमा उपचाररत घाइते युवा देवानगन्ज – ३ का जयप्रकाश मेहताको मृत्यु भएकोछ । यस अघि देवनगन्जकै युबा ओम प्रकाश मेहताको मृत्यु भएको थियो । सुनसरी घटनामा मृत्यु हुनेको सङख्या दुई पुगेको छ । उक्त घटनामा स्थानीय युबा […]
22 Jul,2026
बिराटनगर / २०८३ साउन ६ /नेपाली काङ्ग्रेस, मोरङले आज ४४ औ बीपी स्मृति दिवस मनाएको छ । नेपाली काङ्ग्रेस, मोरङको कार्यालय परिषरमा कार्यकर्ताहरुको भब्य उपस्थितिका बीच सो स्मृती दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथी नेका महामन्त्री गुरुराज घिमिरेले सो अवसरमा बोल्दै बीपी नेपाली राजनीतिका सगरमाथा भएको र नेपाली साहित्यका धुरी र आकाश दुबै भएको […]
16 Jul,2026
बिराटनगर / २०८३ असार ३२ / बिराटनगर – ४ स्थित नहर टोलका सुकुम्बासीहरुले आफुहरुको बसोबास उजाड्ने गरि प्रशासनले थालेको गतिविधिको तिब्र बिरोध जनाएका छन । उनिहरुले “पहिले ब्यबस्थापन, अनिमात्र बिस्थापन” को नारा अगाडि बढाएका छन । सुकुम्बासीहरुले जिल्लाको अबिभाबक भएर मोरङका प्रमुख जिल्ला अधिकारीले “१५ दिनभित्र सो ठाउँ नछोडेमा नागरिकता रद्द गर्ने, बिजुली-पानी काटिदिने, अन्य […]
11 Jul,2026
बिराटनगर / २०८३ असार २७ बिराटनगर – ९ स्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आज चार जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । संस्थाको १५ औ स्थापना दिवसको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । गत २०७२ मा स्थापित मिना श्रेष्ठ, महिला पत्रकार प्रोत्साहन पुरस्कार – २०८३ बाट नेपाल टाइम्सकी पत्रकार रस्मीता उदास पुरस्कृत हुनुभएको छ […]
06 Jul,2026
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ । कोशी प्रदेशका पत्रकारहरुको क्षमता अभिबृद्दी गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको थियो । मिडियामा “एआई” को प्रयोग सम्बन्धी क्षमता अभिबृद्दी तालिम नाम दिईएको सो प्रशिक्षण कार्यक्रमका सहजकर्ता जीवन भण्डारी हुनुहुन्थ्यो । आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोग […]