21 Sep, 2026, Monday

खोज्नुहोस

शम्भु पोखरेल पुरस्कृत

12 Sep,2026

बिराटनगर / २०८३ भदौ २७ /

बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर – खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार – २०८३ बाट कान्तिपुर दैनिकका फोटो पत्रकार शम्भु पोखरेललाई पुरस्कृत गरिएको छ । एघार हजार रुपैया राशीको यो पुरस्कार बिराटनगरका अग्रज पत्रकार तथा जनबार्ता दैनिकका सस्थापक स्वर्गीय कोषराज रेग्मीले गत २०४५ सालमा स्थापना गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ, मोरङ शाखाको सभाहलमा हिजो आयोजित एक कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री मा. ओङ्बु शेर्पाले दोसल्ला, प्रमाणपत्र र नगदबाट पुरस्कृत ब्यक्तित्व पोखरेललाई सम्मानित गर्नु भएको हो । सो अवसरमा प्रमूख अतिथिको आशनबाट बोल्दै मन्त्री ओङ्बुले पत्रकारिताको बिकाश र ब्यबस्थापनको लागि प्रादेशिक सञ्चार प्रतिष्ठान गठन भएको बताउनु भयो । उहाले प्रेस स्वतन्त्रता बलियो हुनुपर्छ भन्नुहुदै अनिमात्र समाज बलियो हुन्छ भन्नुभयो । उहाले असोज ३ गते सम्बिधान दिवस भब्यरुपमा मनाउन सबैलाई आग्रह पनि गर्नुभयो ।

नेपाल पत्रकार महासंघ, मोरङको ब्यबस्थापनमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ, मोरङ शाखा अध्यक्ष सुशीला पाठकले गर्नुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, पुर्ब अध्यक्ष मोहन भण्डारी, पिताम्बर – खिलेश्वरी स्मृती प्रतिष्ठानका सचिब कबिराज न्यौपाने, कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका अध्यक्ष दीपक दाहाल र महासंघका उपाध्यक्ष सन्तोष सिग्देलले पनि आ- आफ्नो बिचार ब्यक्त गर्नुभएको थियो ।

Biratnagar Mahanagarpalika Suchana