मोरङ काङ्ग्रेसले मनायो बीपी स्मृति दिवस
22 Jul,2026
बिराटनगर / २०८३ साउन ६ /
नेपाली काङ्ग्रेस, मोरङले आज ४४ औ बीपी स्मृति दिवस मनाएको छ । नेपाली काङ्ग्रेस, मोरङको कार्यालय परिषरमा कार्यकर्ताहरुको भब्य उपस्थितिका बीच सो स्मृती दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेका महामन्त्री गुरुराज घिमिरेले सो अवसरमा बोल्दै बीपी नेपाली राजनीतिका सगरमाथा भएको र नेपाली साहित्यका धुरी र आकाश दुबै भएको बताउनु भयो । उहाले हाम्रा अग्रजहरुसगै बसेर १५ औ महधिबेशनमा जाने प्रयास रहेको बताउदै बीपीको आशिर्बादले यो सम्भब हुने बताउनु भयो । आउदा निर्बाचनहरुमा समाजका लोकपृय ब्यक्तिहरुलाई मौका दिने र खासगरी सक्षम महिलाहरुलाई बढी मौका दिने पार्टी नीति रहेको पनि उहाले स्पष्ट गर्नुभयो । अहिले मुलुक रास्वपामय छ, तर रास्वपाको लोकप्रियता क्रमशः घट्दै जादैछ भन्दैमा महामन्त्री घिमिरेले हाम्रो सङठनको बलमा मुलुकलाई काङ्ग्रेसमय बनाउछौ भन्दै यसको आधार जरा अभियान” भएको बताउनु भयो । सो अवसरमा ९ लाख ८२ हजार कृयाशील सदस्यले सदस्यता अध्याबधिक गरेको जानकारी दिइयो ।

काङ्ग्रेस सहमहामन्त्री डा.डिला सङग्रौलाले बोल्दै बर्तमान दुईतिहाईको सरकारको शासनमा जनता करको मारमा पिल्सिएका छन भन्दै नेपालले भारतको जमीन मिचेको प्रधानमन्त्रीको अभिब्यक्तिले हाम्रो राष्ट्रियता कमजोर भएको बताउनुभयो । बीपीको सहमती, सहकार्य र एकताको नीतिको काङ्ग्रेसले अबलम्बन गर्नुपर्छ भन्नुभयो ।
सो अवसरमा बोल्दै नेपाली काङ्ग्रेसका लोकप्रिय नेता, केन्द्रीय सदस्य, प्रदेश साम्सद अमृत अर्यालले “बदलियो काङ्ग्रेस, बदल्छौ देश” नारा दिएर फागुन २१ को चुनाबमा अगाडि बढयौ तर देशमा यतिठुलो आधी आउदैछ भन्ने अनुमान गर्न नसक्नु हाम्रो ठूलो भुल थियो भन्नुभयो । बीपीको समिपमा रहेर आफुले केही सिक्ने मौका पाएको बताउनु भयो ।
नेपाली काङ्ग्रेस, मोरङका सभापती डिगबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य तथा जरा अभियानका मोरङ सयोजक सुधिर सिबाकोटी, केन्द्रीय सदस्य इन्दिरा कार्की, कोशी प्रदेश उपसभापती रमेश जङ रायमाझी, नेका मोरङ उपसभापति भक्ती माझी, मोरङ क्षेत्र न. १ का सभापति शङ्कर राई, नेकपा एमाले, मोरङका सचिब सोमराज थापा, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गणेश उप्रेतीले पनि बोल्नु भएको थियो ।