21 Sep, 2026, Monday

खोज्नुहोस

प्रेस युनियन, मोरङको नया समिती गठन

09 Sep,2026

बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२ औ अधिबेशनले भोजराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । सबै पदाधिकारी र सदस्यहरु निर्बिरोध निर्बाचित भएका हुन ।

निर्बिरोध निर्बाचित हुने उपाध्यक्षहरुमा – गोपाल पोखरेल, पर्शुराम निरौला र उषाकुमारी सरदार, सचिबमा – सन्तोष बास्तोला, सह सचिबमा – अनुज सापकोटा र अञ्जना पराजुली तथा कोषाध्यक्षमा – दिलिप अग्रवाल छन । त्यस्तै सदस्यहरूमा – भोजराज घिमिरे, पुरुषोत्तम कट्टेल, बिबेक मेहता, शोभा घिमिरे, अफताब अलि, दिपेन्द्र साह, प्रेम पारख, पारस मण्डल र सुभाष भण्डारी छन । कोशी प्रदेश महाधिवेशन प्रतिनिधीहरुमा लिलानाथ गच्छदार, बेदराज पौडेल, राजु बस्नेत, टेकेन्द्र अधिकारी, पदम सरदार, रामकुमार परियार, प्रेमप्रसाद भट्टराई, शम्भु पोखरेल, राजन पोखरेल र कुमार खड्का पनि निर्बिरोध भएका छन ।

संघीय महधिबेशन प्रतिनिधीहरुमा सुशीला पाठक, कमला कडेल, कुमोद अधिकारी, बिक्रम निरौला, शङ्कर खरेल, हरि कोइराला, मिनकुमार श्रेष्ठ, अरबिन्द मेहता, रोहित कुमार लुइटेल, चुमन बस्नेत, बिनोद भण्डारी, शेखर रेग्मी र अनन्तराज न्यौपाने छनौट भएका छन । नेपाल प्रेस युनियन, मोरङ शाखाको १२ औ अधिबेशनको पुर्ब खेलकुद मन्त्री तथा मोरङ काङ्ग्रेसका सभापती डिगबहादुर लिम्बुले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा रमाप्रसाद- मायादेबी रिजाल पत्रकारिता पुरस्कारबाट – पत्रकार तारा आचार्य,भोजराज बस्नेत, गिरिजा प्रसाद कोइराला स्मृती पत्रकारिता पुरस्कारबाट – शङ्कर खरेल, शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट – ब्रम्हदेब यादबलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत चारै जनालाई दोसल्ला, प्रमाणपत्र र नगदबाट सम्मान गरिएको थियो ।

प्रमुख अतिथी डिग बहादुर लिम्बुले आफ्ना पिताको स्मरणमा आगामी बर्षदेखी बितरण हुनेगरी रु २५ हजार राशीको पुरस्कार कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रमको अध्यक्षता निबर्तमान अध्यक्ष बेदराज पौडेलले गर्नुभयो । अधिबेशनको बन्दसत्रको अध्यक्षता पुर्ब अध्यक्ष कुमोद अधिकारीले गर्नुभएको थियो ।

Biratnagar Mahanagarpalika Suchana