सञ्चार सहकारीको नयाँ संचालक समिती गठन
31 Oct,2026
बिराटनगर / २०८३ कार्तिक १४ /
मोरङ जिल्लाका पत्रकारहरुको सहकारी संस्था सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको हिजो सम्पन्न १५ औ साधारण सभाले महाप्रसाद खतिवडाको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति गठन गरेको छ । हिजो भएको निर्बाचनमा खतिवडाले ७३ मत प्राप्तगरी बिजय हासिल गर्नुभएको थियो भने उहाका प्रतिस्पर्धी धनकुमारी थापाले ३१ मत प्राप्त गरि उपबिजेता बन्नुभएको थियो ।

अध्यक्ष पद बाहेक सबै पदमा निर्बिरोध भएको थियो । नव गठित समितिको उपाध्यक्षमा नेत्रप्रसाद अधिकारी, सचिबमा बाबुराम भण्डारी र कोषाध्यक्षमा तारा आचार्य हुनुहुन्छ । सदस्यहरुमा भोजराज घिमिरे, पदमकुमार सरदार, उषाकुमारी सरदार, राजेश राजबङ्शी र दिपकबहादुर खड्का रहनुभएको छ । त्यस्तै लेखा समितिको संयोजकमा अबिनाश निधि, सदस्यहरुमा पुष्पराज थपलिया र हरी अधिकारी हुनुहुन्छ । उक्त समितिको कार्यकाल ४ बर्षको हुने ब्यबस्था छ ।

सस्थाका अध्यक्ष दीपक दाहालले सो अवसरमा संस्था कुल पुजी तथा दायीत्व १,०९,४६,७८२/७८ रहेको कुल शेयर पुजी ३०,६१,८००/- रहेको लगायत आब ०८२/०८३ को सम्पुर्ण बिबरण प्रस्तुत गर्नुभएको थियो ।
बार्षिक साधारण सभाको अवसरमा यसबर्ष विद्याबारिधी गर्ने शेयर सदस्य रामचन्द्र अधिकारी,अग्रज शेयर सदस्य तेजेन्द्र बहादुर भण्डारी, असल रिणी प्रदिप भुजेल,नियमित बचतकर्ता रोशन पोखरेललाई सम्मान गरिएको थियो । यसबर्षको SEE परीक्षामा शेयरसदस्यका सन्तानमद्दे उत्कृष्ट नतिजा हासिल गर्ने टेकेन्द्र अधिकारीका छोरा मुलुक शर्मा र प्लस 2 मा उत्कृष्ट नतिजा हासिल गर्ने बिक्रम लुइटेलकी छोरी सुबिसा लुइटेललाई संस्थाले पुरस्कृत गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी अग्रज शेयर सदस्य शिबबहादुर कार्कीले सहकारी नीति र नियम अनुकुल संस्था अगाडि बढ्दै गएकोमा प्रसन्नता ब्यक्त गर्नुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश महासचिब हिमा चेमजोङ, मोरङ अध्यक्ष सुशीला पाठक, बिक्रम लुइटेल,माधब अधिकारी, रामचन्द्र अधिकारी, तेजेन्द्र बहादुर भण्डारी आदीले शुभकामना मन्तब्य दिनुभएको थियो ।

