23 Apr, 2026, Thursday

खोज्नुहोस

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

15 Oct,2023

बिराटनगर/ असोज २७/ कोशी प्रदेशको मुख्यमन्त्रीमा काङ्ग्रेसका केदार कार्की नियुक्त भएका छन । ४८ जना प्रदेश सभा सदस्यहरुले प्रदेश प्रमूख समक्ष सनाखत गरेपछि प्रदेश प्रमूख पर्शुराम खापुङ्ले आज कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नबनियुक्त मुख्यमन्त्रीले भोलि सपथ लिने कार्यक्रम छ ।

केदार कार्की नेपाली काङ्ग्रेसको टिकटबाट मोरङ क्षेत्र न. ६ ( ख ) बाट निर्बचित प्रदेश सभा सदस्य हुन । उनी खरो स्वभाव भएका, प्रष्टबक्ता तथा निडर नेताको रुपमा चिनिन्छन ।

कार्कीले एमालेको समर्थनमा बहुमत साम्सदको समर्थन जुटाउन सकेका हुन । कोशी प्रदेशका ९३ साम्सद मद्दे एमालेका ४० र काङ्ग्रेसका ८ जनाले कार्कीको पक्षमा सनाखत गरेका थिए ।

नेपाली काङ्ग्रेसका प्रभाबशाली नेता डा. शेखर कोइरालाका कट्टर पक्षपोषक मानिने कार्कीले गठबन्धन बिरुद्द मुख्यमन्त्रीमा दाबी गरेका र सफल पनि भएका छन । गठबन्धनले माओबादीका इन्द्रकुमार आङ्बोलाई उमेदवार बनाएको थियो ।

आफ्नै दल काङ्ग्रेसको निर्णय बिरुद्द सम्बैधानिक अधिकार ( मौका ) को फाइदा उठाएका कार्कीलाई अब पार्टीले कुन नजरले हेर्छ, हेर्न भने बाकी छ ।

काङ्ग्रेस सम्सदीय दलका नेता समेत नरहेका कार्कीलाई समर्थन गरेर कोशीमा गठबन्धन भत्काउन एमाले सफल देखिएको छ । एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन नसक्ने भएपछी कोशीबाट केन्द्रीय गठबन्धनलाई चेतावनी दिने नीति लिएको थियो ।

तर, अबका दिनमा नया मुख्यमन्त्री र कोशीको नया गठबन्धनका लागि प्रसस्त चुनौती देखिएका छन ।सरकारको गठन र स्थायित्व, प्रदेशसभाको सन्चालन नया गठबन्धन/सरकारका चुनौती हुन ।