03 Apr, 2026, Friday

खोज्नुहोस

हिरक महोत्सव सम्पन्न

28 Aug,2025

मादी, सङ्खुवासभा / भदौ १२ / सङ्खुवासभाको मादी नगरपालिका – ५ स्थित मादी माध्यमिक विद्यालयले आफ्नो ७५ औ बार्षिकोत्सब मनाएको छ । गत २००८ सालमा स्थापना भएको सो बिद्यालयले आज एक भब्य कार्यक्रमको आयोजना गरि हिरक महोत्सब मनाएको हो ।

Shree Madi Ma Vi, Sankhuwashabha

बिद्यालयले निर्माण गरेको हिरक स्तम्भ र बिद्याकि देबी सरस्वतीको आकर्षक मुर्तिको राष्ट्रपति रामचन्द्र पौडेलले अनाबरण गरि हिरक महोत्सबको उद्घाटन गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली काङ्ग्रेस, सङ्खुवासभाका हस्तीहरु स्व. लिलानाथ दाहाल र स्व. गोपालराज पाहाडीको स्मरण गर्नुभयो । उहाले सो अवसरमा बोल्दै स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र पर्यटनका क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

विद्यालयले निर्माण गरेको हिरक स्तम्भमा विद्यालयका सस्थापक आठजना शिक्षाबिदहरुका फोटाहरु राखिएका छन । सो कार्यक्रममा मादी माध्यमिक विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरि हाल विद्याबारिधी गर्नुभएका तेह्रजनालाई सम्मान समेत गरिएको छ । सम्मानित ब्यक्तिहरुलाई उर्जामन्त्री दिपक खड्काले दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिश्वनाथ सुबेदीले स्वागत मन्तब्यका क्रममा विद्यालयको प्रगती बिबरण प्रस्तुत गर्नुभएको थियो ।