03 Apr, 2026, Friday

खोज्नुहोस

सञ्चारको अभिमूखिकरण सम्पन्न

13 Apr,2025

बिराटनगर / चैत ३१ / सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले गत चैत २९ गते अनलाइन मिडिया, युट्युब, तथा पत्रकरिता क्षेत्रका समसामयिक बिषयमा एकदिने अभिमुखिकरण तथा छलफल कार्यक्रम बिराटनगरमा सम्पन्न गरेको छ । मोरङका सम्बन्धित पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रम युट्युब, अनलाइन र फेसबुकको व्यापक प्रयोग तथा लोकप्रियताको बर्तमान परिप्रेक्षमा अत्यन्त उपयोगी देखिएको छ ।

अभिमुखिकरण कार्यक्रम मुख्यत चार सत्रमा सन्चालन गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिती, मोरङका प्रमुख अजम्बर राईले लोकतन्त्रको रक्षाका लागि पत्रकारले कलम चलाउनु पर्ने बताउनु भयो ।

मन्त्रालयका सचिब राधिका अर्यालले अध्यक्षको आशनबाट बोल्दै वाक तथा प्रकाशन स्वतन्त्रताको लागि मन्त्रालय सधै प्रतिबद्द रहेको बताउनु भयो । उहाले अहिले मिडीयाको नियमन र ब्यबस्थापन गर्न आबस्यक भएको बताउनु भयो । उद्घाटन सत्रमा मोरङका प्रमूख जिल्ला अधिकारी इन्द्रदेब यादब, नेपाल पत्रकार महासंघ, कोशी प्रदेश अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठकले पनि आ-आफ्नो बिचार राख्नुभएको थियो ।

कार्यक्रमको दोश्रो सत्रमा प्रेस काउन्सिल नेपालका सदस्य बिजय राज अधिकारीले अनलाइन, युट्युब , फेसबुक र पत्रकारिताको बर्तमान अबस्था र तीनका ब्यबस्थापनका सम्बन्धमा राज्यको धारणाका बारेमा स्पस्ट गर्दै पत्रकार आचार सम्हिताको पालनाको अपरिहार्यताबारे पनि स्पष्ट गर्नुभयो । उहाले नैतिक र रचनात्मक पत्रकारिता अहिलेको आबस्यकता भएको बताउनु भयो ।

तेस्रो सेशनमा मोरङका अध्यक्ष सुशीला पाठकले मोरङ जिल्लामा पत्रकारिताको बास्तबिक अबस्था, समस्या र आबस्यकताको सम्बन्धमा बिस्तृत तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

चौथो सेशनमा सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका उपसचिव ममता बास्तोलाले पत्रकारिताका सम्बन्धमा राज्यद्वारा भएका संबैधानिक ब्यबस्था, निर्देशीकाहरु, कार्यबिधी, मापदण्डहरु,चुनौतीहरु तथा अन्य समसामयीक तथा ब्यबहारिक बिषयहरुमा बिस्तृत छलफल गर्नुभयो ।

कार्यक्रम मोफसलका बिचारलाई मन्त्रालयसम्म पुर्याउने र अनलाइन, युट्युब, फेसबुकहरुलाई ब्यबस्थित र नियमन गर्ने उद्देश्यले स्वयम् मन्त्रालयले आयोजना गरेको हो ।