07 Jun, 2026, Sunday

खोज्नुहोस

शिक्षक आन्दोलन उत्कर्षमा

08 Apr,2025

काठमाडौ / चैत २६ / यतिखेर देशका सामुदायीक बिद्यालयहरु बन्द छन । चैत २० गतेदेखि सुरु भएको शिक्षकहरुको राजधानी केन्द्रित आन्दोलनका कारण बिद्यालयहरु बन्दभएका हुन ।

शैक्षिक सत्रको अन्त्यमा बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने, बिद्यार्थी भर्ना गर्ने, भर्ना अभियान सन्चालन गरि बिद्यालय बाहिर रहेका सबै बालबालिकालाई बिद्यालय प्रबेश गराउने, आगामी शैक्षिक सत्रको योजना बनाउनु पर्ने, बिगतको मूल्याङ्कन गर्ने लगायत अनेकन कार्य गर्नुपर्ने महत्वपूर्ण बेलामा शिक्षकहरु भने काठ्माण्डौका सडकमा आफ्ना माग पुरा गराउन भन्दै भौतारिइरहेका छन ।

शिक्षक आन्दोलनको सातौ दिन आज २६ गतेसम्म सरकारले कुनै सुनुवाई गरेको छैन । प्रधानमन्त्री के पी शर्मा ओलीले आजै शिक्षकहरुको आन्दोलन र मागहरु बारे आफुलाई कुनै जनकारी नै नभएको बताएका छन । बरु उल्टै ५२ प्रतिशत फेल गराउने शिक्षकलाई के को सुबिधा ? भन्नेजस्ता गैरजिम्मेबार तर्क प्रस्तुत गरेका छन । प्रमको यस्तो तर्कबाट आन्दोलनकारी शिक्षक झन आक्रोशित भएका छन ।

शिक्षकका १५ बुदे मागमद्दे अधिकाङ्श पूरा गर्नुपर्ने खाल्का छन । तर सरकार र शिक्षा मन्त्रालयको कर्मचारीतन्त्र ती माग पुरागर्ने तर्फ उत्सुक देखिएको छैन । सरकार र कर्मचारीहरु केही सम्झौता गर्ने र आन्दोलनकारीलाई कर्मक्षेत्रमा पठाउने दाउमा छन । बिगत दशौ बर्षदेखि त्यसै गर्दै आएका छन । हरेक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने उनिहरुको स्वभाव नै हो । उनिहरुलाई थाहा छ – शिक्षक हुन, केही दिन उफ्रिन्छन – आफै थाक्छन, ल्याएको खर्च सक्छन – जान्छन । बिगतमा पनि त्यसै हुनेगरेको थियो । पछि महासंघका नेतालाई बिदेश पठाईदिएपछि सबै चुप ।

नेपाल शिक्षक महासंघ, केन्द्रीय समितिको नेतृत्वमा अहिले पनि आन्दोलन हुदैछ । हरेक बर्षको आन्दोलनमा अस्थायी शिक्षक, राहत शिक्षक, बिद्यालय कर्मचारी, बाल शिक्षक, करार शिक्षक लगायतका मागहरु अग्रपंक्तिमा राखिन्छ तर सम्झौता हुँदा वा माग पुरागर्ने बेलामा उनिहरुकै माग पन्छाईन्छ, अर्थात उनिहरुलाई लात हानिन्छ, किनभने शिक्षक नेताहरु र प्रधानाध्यापकहरु त्यही चाहन्छन । यसपटक पनि त्यही हुने आसङका छ ।

यसैबीच शिक्षा मन्त्रालयले चैत २१ र २२ गते बार्ताको लागि बोलाएकोमा एकैपटक आफ्ना मागहरु समेट्दै एन जारीहुनुपर्ने भन्दै आन्दोलनकारीहरु बार्तामा नगएपछी मन्त्रालयले पु:न भोलि चैत २७ गते बोलाएको छ । भोलि बार्ता भैहालेमा के कस्ता र क-कस्ले ललिपपको स्वाद लिनेहुन त्यो भने हेर्न बाकी नै छ ।