03 Apr, 2026, Friday

खोज्नुहोस

आँखा र कान स्वास्थ्य सम्बन्धि अभिमुखिकरण सम्पन्न

31 Mar,2025

बिराटनगर / चैत १८ / बिराटनगर महानगरपालिका स्तरीय आँखा तथा कान स्वास्थ्य सम्बन्धी एकदिने अभिमूखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । बिराटनगर – १३ स्थित बिराटनगर आँखा अस्पतालको सभाहलमा सम्पन्न अभिमुखिकरणमा महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलिपकुमार यादब, रमेश कार्की सहित बिराटनगरका सबै स्वास्थ्य केन्द्रगरी २४ जना प्रतिनिधिको सहभागिता थियो ।

नेपाल नेत्रज्योती संघ, लाहान आँखा तथा कान उपचार प्रणाली अन्तर्गतको बिराटनगर आँखा अस्पतालको आयोजना र ब्यबस्थापनमा उक्त कार्यक्रम भएको हो । महानगरपालिका अन्तर्गतका स्वास्थ्यकेन्द्रहरुका सबै स्वास्थ्यकर्मीहरुलाई आँखा तथा कान सम्बन्धी सम्पुर्ण उपचार पद्धति बारे क्षमता अभिबृद्दी गर्ने उद्देश्यले यो अभिमुखिकरण गरिएको हो । यसबाट आँखा र कानको सम्बेदनशीलतालाई बुझेर सबै नगरबासीको गुणस्तरीय उपचार हुने अपेक्षा आयोजक संस्थाले गरेको छ ।

आजको अभिमुखिकरण कार्यक्रममा लाहान आँखा तथा कान उपचार प्रणालीका मुख्य प्रशासक सुधिरकुमार ठाकुर, डा.रबिन आचार्य, दिपेन्द्र चौधरी र सुरक्षा पौडेलले प्रशिक्षण गर्नुभएको थियो । प्रशिक्षण अस्पताल ब्यबस्थापक कुमार पृथुबाट प्रारम्भ भएको थियो ।

उक्त अस्पतालले मोरङ र सुनसरीका प्रत्येक विद्यालयहरुमा आँखा र कान उपचारका शिबिरहरु सन्चालन गरीरहेको छ । शिबिरमा बालबालिकाहरुलाई आबस्यकता अनुसार निशुल्क चस्मा, औषधि वा शल्यक्रिया समेत गर्दै आएको छ ।