भोलीदेखि राजाबादीको आन्दोलन
27 Mar,2025
काठमाण्डौ / चैत १४ / राजाबादीहरुले भोलि चैत १५ गते तिनकुनेमा भेला हुन सबै राष्ट्र प्रेमीहरुलाई आह्वान गरेका छन ।राजाबादीहरुले दिउँसो ११:३० बजेको समय तोकेका छन ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आज चाबहिल स्थित स्मार्ट पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो ।भोलीको भेलाले राजालाई जसरी पनि गद्दीमा बसाएरै छाड्ने गरि आन्दोलन गर्ने र सोको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
यसै आन्दोलनको बिषयमा राजाबादी नेता रबिन्द्र मिश्रले सर्बसाधारण जनतालाई सचेत गर्दै उद्देश्य प्राप्ती नभएसम्म आन्दोलन जारी रहने तथा धेरै दिनसम्म चल्न सक्ने हुनाले धैर्य गर्न र आफ्नो आन्दोलनलाई साथदिन सबै राष्ट्र प्रेमी जनतालाई आह्वान गरेका छन । उनले यो आन्दोलनको उद्देश्य प्रहरी, प्रशासन वा सर्बसाधारण जनतालाई दुख दिने नभएको पनि स्पष्ट पारेका छन । मिश्रले अहिलेका भ्रष्ट र कुशासकहरुका साथै ब्यबस्था बिरुद्दको आन्दोलन भएको पनि स्पष्ट गरेका छन । उनले यो आन्दोलन आफुहरुको रहर नभएर बाध्यता भएको र गणतन्त्रबादी भ्रष्ट शासकहरुले नै यो आन्दोलनका लागि बाध्य बनाएको दाबी पनि गरेका छन ।