03 Apr, 2026, Friday

खोज्नुहोस

राधा-कृष्ण रासलिला हुदै

16 Mar,2025

बिराटनगर / चैत ३ / श्रीहरी सत्सङ समिति, नेपालको आयोजनामा पर्सि चैत ५ गतेदेखि ९ गतेसम्म श्रीकृष्ण लिला ( रास लिला ) मंचन हुने भएको छ । बिराटनगर स्थित मेनरोडमा रहेको अतिथी सदनको राधा मण्डपमा लिलाको कार्यक्रम संचालन हुनेछ ।

समितिले आज पत्रकार भेटघाट गरि उक्त जानकारी दिएको हो । भारतको बृन्दाबनबाट आएका २१ जना कलाकारहरुको टोलीबाट राधा-कृष्ण लिलाको प्रदर्शन गरिने छ । कृष्णको युगमा राधा र कृष्णका बीच के कस्ता लिलाहरु भएका थिए – सबै प्रस्तुत गरिने बताइएको छ । हरेक दिन साझ ६ बजेदेखी ९ बजेसम्म कार्यक्रम सन्चालन हुने छ ।

हिन्दुधर्मको सम्रक्षणमा ठोस योगदान पुग्नुका साथै यस कार्यक्रम बाट उपस्थित जनमानसमा मनोरञ्जन समेत हुनेछ । उक्त रासलिला कार्यक्रमको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले गर्नुहुनेछ ।

श्रीहरी सत्सङ समितिका अध्यक्ष महेशकुमार स्वर्णकारको अध्यक्षता र राष्ट्रिय अध्यक्ष भिखमचन्द सरलको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय महिला समितिका अध्यक्ष गिरिजा शारडाले पनि पत्रकारहरुले सोधेको प्रश्नको जबाफ दिनुभएको थियो ।