24 Apr, 2026, Friday

खोज्नुहोस

सञ्चारकर्मी सञ्चार सहकारीको प्रशिक्षण सम्पन्न

21 Feb,2025

बिराटनगर / फागुन ९ / सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले हिजो प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ । आफ्ना शेयर सदस्यहरुलाई सहकारिता सम्बन्धमा प्रशिक्षित गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम संचालन गरेको सहकारीका सचिब बिजयहरी खतिवडाले बताए ।

नेपाल पत्रकार महासङघ, मोरङको सभाहलमा सो कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा सहकारीका राष्ट्रिय प्रशिक्षक केशबप्रसाद पोखरेलले प्रशिक्षण दिनुभएको थियो । खासगरी “सहकारीका सैद्धान्तिक र दार्शनिक अबस्था” र “सहकारीको बित्तीय ब्यबस्थापन” बिषयमा प्रशिक्षण केन्द्रित थियो ।

प्रशिक्षक पोखरेलले प्रशिक्षणका क्रममा सहकारीता प्रतिस्पर्धा नभएर पारस्परिकता भएको बताउदै सुरक्षीत सहकारी संस्था अहिलेको मुलमुद्दा भएको स्पष्ट गर्नु भयो । उहाले सहकारीले बचत नीति र ऋण नीति बनाएर मात्र अगाडि बढ्न सुझाब दिनुभयो ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाका अध्यक्ष दीपक दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासङघ, मोरङका अध्यक्ष सुशीला पाठकले बोल्दै विभिन्न सुझाब दिनुभएको थियो ।