24 Apr, 2026, Friday

खोज्नुहोस

राससले मनायो स्थापना दिवस

19 Feb,2025

बिराटनगर / फागुन ७ / राष्ट्रिय समाचार समितिले आफ्नो ६४ औ स्थापना दिवस मनाएको छ । बिराटनगरमा आज रा.स.स. कोशी प्रदेश कार्यालयले एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

धरान कार्यक्षेत्र रहेकी सङ्गीता राई र झापा कार्यक्षेत्र रहेकी चन्द्रकला भण्डारीलाई उत्कृष्ट समाचारदाताको रुपमा राससले पुरस्कृत गरेको छ । साथै रासस कोशी प्रदेश प्रमुख मो. सदरुललाई बासु रिमाल यात्री पत्रकरिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । तीनै जना पुरस्कृतहरुलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले पुरस्कार राशी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

मन्त्री भण्डारीले सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै मीडीयालाई अनाबस्यक नियन्त्रण गर्ने पक्षमा आफुहरु नरहेको बताउनु भयो । उहाले मीडीया नभएको भए देशमा लोकतन्त्र आउने नै थिएन भन्दै अहिले आलोचनत्मक पत्रकारिता गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन मीडीया अगाडि बढ्नुपर्ने बताउनु भयो ।

रासस कोशी प्रदेश कार्यालय प्रमुख मो सदरुलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासङघ, कोशीका महासचिब हेमा चेमजोङ र मोरङ अध्यक्ष सुशीला पाठकले पनि बोल्नुभएको थियो ।