रेडक्रस मोरङको जिल्लासभा हुँदै
28 Jan,2025

बिराटनगर / माघ १५ / नेपाल रेडक्रस सोसाइटी, मोरङको ५२ औ जिल्ला सभा यही माघ २६ गते बिराटनगरमा हुने भएको छ । सभाले आगामी दुई बर्षको लागि नया कार्यसमितिको चयन गर्नेछ ।
रेडक्रसको जिल्लासभाको मिति तय भएसगै चुनाबी चहल पहल बढेको छ । २९३ जना मतदाता रहेको मोरङ रेडक्रसको अध्यक्ष पदका लागि सुबोध कुमार सिंहले दोहर्याउने पक्का भैसकेको छ । उक्त पदमा हाल मन्त्री पदमा रहनु भएका सुकदेब मण्डल पनि इच्छुक् रहेको बुझिएको छ ।
त्यस्तै खुल्ला उपाध्यक्ष पदमा बिरेन्द्र प्रसाद यादब, महिला उपाध्यक्ष पदमा मन्दिरा गुरागाई र मन्त्री पदमा शिबराज कोइराला, उपमन्त्री पदमा सुरेन्द्र गिरी तथा कोषाध्यक्षमा केदार थापाले उमेदवारी दिने बलियो सम्भाबना रहेकोछ । खुल्ला उपाध्यक्ष पदमा हालका उपाध्यक्ष रामानन्द यादब पनि इच्छुक देखिएका छन ।
माघ २६ गते एकै दिनमा जिल्ला सभा र निर्बाचन सम्पन्न गरिने कार्यक्रम रहेको छ । सबै पदको उम्मेदवारी भने २५ गते हुने बताइन्छ । निर्बाचनको कार्य सम्पन्न गर्न केन्द्रले कोशी प्रदेश अध्यक्ष नरेन्द्र पोखरेललाई तोकिसकेको छ । उहाले मतदाता नामावली प्रकाशन लगायत निर्बाचनका अन्य कार्यको थालनी गरिसक्नुभएको रेडक्रस श्रोतले जनाएको छ ।