24 Apr, 2026, Friday

खोज्नुहोस

किशोर नेपाल पुरस्कृत

27 Jan,2025

बिराटनगर / माघ १४ / नोना कोइराला स्मृति प्रतिष्ठानको १७औ स्थापना दिवसको अवसरमा आज वरिष्ठ पत्रकार किशोर नेपाललाई पुरस्कृत गरिएको छ । प्रतिष्ठानका संरक्षक डा. शेखर कोइरालाले दोसल्ला ओढाएर प्रमाण- पत्र र नगदबाट नेपाललाई सम्मान गर्नुभएको हो ।

बिराटनगर – ४ स्थित प्रतिष्ठानको सभाहलमा आयोजित एक कार्यक्रममा नेपाललाई नोना कोइराला पत्रकारिता पुरस्कार -२०८१ बाट पुरस्कृत गरिएको हो । स्वर्गीय नोना कोइरालाको स्मृति दिवस पारेर प्रत्येक बर्ष आजकै दिन माघ १४ गते एकजना पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ । स्व. कोइरालाको यो १८ औ स्मृति दिवस हो ।

यो पुरस्कारबाट पत्रकारहरु बिष्णु निस्ठुरी, धर्मेन्द्र झा, हरि बहादुर थापा, प्रतीक प्रधान र युबराज घिमिरे पुरस्कृत भैसक्नु भएको छ । यो पुरस्कारको राशी २५ हजार रुपैयाको रहेको छ ।

पुरस्कार बितरण कार्यक्रममा बोल्दै डा. शेखर कोइरालाले बी. पी., गणेशमान, सुबर्णजी, किसुनजीहरुले स्थापना गर्नुभएको पार्टी नेपाली काङ्ग्रेस, उहाहरुले दिएको सिद्धान्त र नीतिबाट चुकिरहेको छ भन्ने आफुलाई आभाष भएको बताउनु भयो । उहाले अहिलेको राजनीति जसरी भएपनि सरकारमा जाने र पैसा कमाउनेतिर मात्र गैरहेको बताउनु भयो । डा. कोइरालाले संसदलाई पर सारेर अध्यादेश ल्याउनु गलत भएको स्पष्ट गर्नुभयो ।

आजका सम्मानित ब्यक्तित्व किशोर नेपालले सोही कार्यक्रममा बोल्दै पत्रकारले जनता र समाजको आकाङ्क्षा पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनु भयो । नेपालले पत्रकारहरुलाई सृजनात्मक र आलोचनात्मक बन्न सुझाब दिनुभयो ।

नोना कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष पुनम कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाले एकबर्षमा गरेका कार्यहरुको जानकारी गराइएको थियो । सो अवसरमा पुर्ब मुख्यमन्त्री केदार कार्की, KHDC का प्रमुख सन्जीब शर्मा, वसन्त भट्टराई, ज्योती आचार्य आदिले बोल्नुभएको थियो ।