चौतारी र सेण्टरको समिती गठन
26 Jan,2025
बिराटनगर / माघ १३ / प्रेस चौतारी नेपाल, मोरङ र प्रेस सेण्टर, मोरङले सर्बसम्मत रुपमा नया जिल्ला समिति गठन गरेका छन । प्रेस चौतारी मोरङले हिजो माघ १२ गते र प्रेस सेण्टरले अस्ति १० गते समिति गठन गरेका हुन । दुबै सस्थाको नया समितिको कार्यकाल ३ बर्षको हुनेछ ।
नेकपा एमाले निकट प्रेस चौतारी नेपाल, मोरङ जिल्ला समिती चिना थापाको अध्यक्षतामा गठन भएको छ । नब गठित समितिका उपाध्यक्षमा सशाङ्क पौडेल, महिला उपध्यक्षमा रन्जना अधिकारी, सचिबमा नवराज भट्टराई, सह-सचिबमा कृष्णचन्द्र सुवेदी र राजकुमारी तामाङ तथा कोषाध्यक्षमा पुण्य पी अधिकारी चयन भएका छन ।

संस्थाको नवौ अधिबेशनको अवसरमा शालिग्राम – मन्जु दाहाल पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङघ, मोरङका पुर्ब अध्यक्ष समेत रहेका महेन्द्र बिष्टलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशी २१ हजार रुपैयाको रहेको छ । उक्त पुरस्कार राशी र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी रहनु भएका कोशी प्रदेशका मुख्य मन्त्री मा. हिक्मत कुमार कार्कीले प्रदान गर्नु भयो ।
त्यसैगरी मकालु टेलिभिजनमा कार्यरत सकृय पत्रकार नबिनचन्द्र कर्णको अध्यक्षतामा प्रेस सेण्टर, मोरङ गठन भएको छ । नेकपा माओबादी निकट रहेको सेण्टरको उपाध्यक्षमा सन्दिप राई र श्रीमन्त भट्टराई, सचिबमा अनिल श्रेष्ठ, सह- सचिबमा हुसेन शेख, राकेश कर्ण र राजेस राजबङ्शी तथा कोषाध्यक्षमा प्रेम देवान ( लुङ्गा ) चयन भएका छन ।

प्रेस सेण्टर, मोरङको पाचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार बाबुराम मुडियारीलाई सहिद लक्ष्मी फुयाल स्मृति ग्रामिण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा सेण्टरका पुर्ब अध्यक्षहरु गणेश लम्साल, बिनोद घिमिरे, गोकुल पराजुली, राजेन्द्र पौडेल र अमृत महतोलाई सम्मान गरिएको छ । पुरस्कृत र सम्मानित सबैलाई नेकपा मओबादी कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङले पुरस्कार राशी र प्रमाणपत्र प्रदान गर्नु भयो ।