विश्व क्यान्सर दिवसमा सचेतना
13 Jan,2025
बिराटनगर / पुस २९ / लियो जिल्ला परिषद ३२५ को आयोजनामा आउदो माघ २२ गते ( फेब्रुअरी ४ ) मा दौड प्रतियोगिता हुने भएको छ । बिश्व क्यान्सर दिवसको अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो ।

बिराटनगर – ४ स्थित नोबेल मेडिकल कलेजबाट बिहान ७ बजे सुरु हुने सो दौड प्रतियोगिता सहिद मैदानमा पुगेर सम्पन्न हुनेछ । दौडमा प्रथम हुनेले रु ३०,०००/-, द्वितीय हुनेले रु १५,०००/- र तृतीय हुनेले रु. १०,०००/- का साथ प्रमाण-पत्र तथा सिल्डबाट सम्मान प्राप्त गर्नेछन । प्रतियोगितामा १८ देखि ३० बर्ष भित्रका युबा-युवती सहभागी हुन पाउने छन ।
नेपालमा प्रत्येक १४ जनामा एकजना क्यान्सर रोगबाट पीडित भएको तथ्याङ्क छ । यो भयाबह अबस्थामा जनचेतना फैलाउने उद्देश्यले लायन्स क्लबले उक्त सचेतनामुलक कार्यक्रम गर्न लागेको कुरा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
दौडमा झन्डै दुई हजार जनाको सहभागिता रहने र उक्त दिन स्लो- साईकल रेस तथा पीस मार्च र्याली समेत हुने बताईएको छ ।
पत्रकार सम्मेलनमा शिबशङ्कर मण्डल, बिकाश अधिकारी,डा. प्रदिप भण्डारी आदिले बोल्नु भएको थियो ।