प्रेस युनियन मोरङ गठन
30 Jul,2023
नेपाल प्रेस युनियन मोरङ्को ११ औ अधिबेशनले जिल्ला कार्य समितीको गठन गरेको छ । साउन १२ गते सुक्रबार बिराटनगरमा भएको निर्बाचनले बेदराज पौडेलको अध्यक्षतामा १८ सदस्यीय नया समिती गठन गरेको हो ।

गत असार ३१ गतेको जिल्ला अधिबेशनमा सहमतिको गर्ने प्रयास सफल हुन नसकेपछी चुनाब गर्नु परेको थियो ।
प्रेस युनियन मोरङ्को उपाध्यक्षमा पर्शुराम निरौला र सोनुकुमार दास, सचिबमा गोपाल प्रसाद पोखरेल,सह सचिबमा रस्मिता उदास, र कोषाध्यक्षमा राजन पोखरेल निर्बाचित भएका छन ।
त्यसैगरी निर्बाचित सदस्यहरुमा अनुज सापकोटा, सरस कट्टेल,प्रेम केडी भट्टराई,राजु बस्नेत,सुजन निरौला, अस्मीता आचार्य,शोभा घिमिरे,स्वस्तिका पोखरेल, दिपा धिमाल,सुजन श्रेष्ठ, सन्तोस मेहता र सतिस राजबन्शी छन ।