03 Apr, 2026, Friday

खोज्नुहोस

लगानी सम्मेलन समयमै हुन्छ — मुख्यमन्त्री कार्की

25 Dec,2024

बिराटनगर / पुस १० / कोशी प्रदेशका मुख्यमन्त्री मा. हिक्मत कुमार कार्कीले लगानी सम्मेलन विधि र प्रकृया बमोजिम हुने र समयमै हुने दाबी गर्नु भएको छ । नेपाल पत्रकार महासङघ, मोरङको प्रमाण – पत्र बितरण तथा पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै मुख्यमन्त्री कार्कीले उक्त कुरा बताउनु भएको हो ।

बिराटनगरका दुई औद्योगिक संस्था उद्योग संगठन, मोरङ र नेपाल उद्योग परिसघ बीचको टकराबले निकट भबिश्यमा हुने भनिएको लगानी सम्मेलन बिबादित बनेको थियो । मुख्यमन्त्री कार्कीले नीजीक्षेत्रको साथ लिएर अगाडि बढ्न प्रयास गर्ने बताउनु भयो । खासगरी कृषि, पर्यटन, उर्जा तथा ID को क्षेत्रमा लगानी भित्र्याउने उहाको भनाई छ । राष्ट्रियता र लोकतन्त्रका हिमायती तथा प्रखर नेता कृष्णप्रसाद भट्टराईले स्थापना गर्नुभएको पत्रकारहरुको संस्था सक्षम रहेको बताउदै उहाले आफुले पत्रकारहरुबाट स्वस्थ आलोचना चाहेको तर तथ्यका आधारमा सो आलोचना हुनुपर्ने बताउनु भयो । कामगर्दा कमी कमजोरी सबैका हुन्छन, मेरा पनि हुन्छन भन्दै तर आफुले सच्याउने गरेको उहाको भनाई थियो । आउदो हिउदे अधिबेशनमा संचार प्रतिष्ठान ऎन अबस्य आउने उहाको दाबी थियो ।

नेपाल पत्रकार महासङघ, मोरङका निर्बाचन समिति संयोजक दीपक दाहालको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्रममा महासङघका पुर्ब अध्यक्ष मोहन भण्डारी, यज्ञ शर्मा, केन्द्रीय सदस्य शंकर खरेल, लिलाबल्लब घिमिरे, मोहन भट्टराई, नबराज कट्टेल, अर्जुन आचार्य, सुदिप कोइराला र नवनिर्बाचित मोरङ अध्यक्ष सुशीला पाठकले बोल्नुभएको थियो ।