03 Apr, 2026, Friday

खोज्नुहोस

अग्रभागवत कथाबाचन हुँदै

23 Dec,2024

बिराटनगर / पुस ८ / नेपाल अग्रवाल महिला मंचको आयोजनामा बिराटनगरमा अग्रभागवतको कथाबाचन गरिने भएको छ । यही पुस ११ गतेदेखि तीनदिनसम्म संचालन हुने उक्त कथाबाचन कार्यक्रम नेपालमा पहिलो पटक हुनलागेको हो । स्थानीय सिटी प्यालेसमा सो कार्यक्रम सन्चालन हुने बताइएको छ ।

आज पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिइएको हो । अग्रभागवत कथा अग्रवाल समुदायको उत्पत्तिको ईतिहास हो । यो कथा भारतको महाराष्ट्रबाट आएर उज्वलजी गर्गले बाचन गर्नु हुनेछ । आज बितरित प्रेस बिज्ञप्तीमा भनिएको छ – त्रेतायुगमा श्रीरामको ३५ औ पुस्ताबाट प्रारम्भ भएर द्वापर युगको अन्त्यतिर जन्मिएका अग्रसेन महाराजसग यो कथा सम्बन्धित छ । यो कथा क्षेत्रीय जातीबाट बैश्य बन्ने प्रकृयामा समानता र समन्वयको भावना बढाउन, मदिरा र मासुको त्यागलाई प्रोत्साहन गर्न र आफ्नो सस्कार र संस्कृति जोगाउदै अगाडि बढ्न प्रेरणा दिन केन्द्रित हुनेछ ।

नेपाल अग्रवाल महिला मंचका अध्यक्ष उमा चौधरीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाल अग्रवाल सभाका अध्यक्ष राजकुमार अग्रवाल, महासचिब राजेश अग्रवाल, युवामन्च अध्यक्ष चेतन अग्रवाल, महिला मंच कोषाध्यक्ष नितु तोदी आदिले बोल्नु भएको थियो ।