रेडक्रसको गोष्ठी हुदै
16 Dec,2024
बिराटनगर / पुस १ / नेपाल रेडक्रस सोसाइटी, जुनियर युबा सर्कलको कोशी प्रदेश स्तरीय दुइदिने गोष्ठी आउदो पुस ५ र ६ गते हुने भएको छ । आबाशीय रुपमा हुने सर्कलको यस्तो गोष्ठी प्रत्येक बर्ष हुँदै आएको छ ।

नेपाल रेडक्रस सोसाइटी, मोरङ जिल्ला शाखाको आयोजनामा हुने यो गोष्ठीको आतिथ्यता भने मोरङको धनपालथान – ६ स्थित सरस्वती माध्यमिक बिद्यालय, दादरबैरियाले गर्नेछ ।
धनपालथानका पालिका अध्यक्ष जिबछ गच्छदारको प्रमूख आतिथ्यतामा हुने कार्यक्रम रहेको उक्त गोष्ठीमा कोशी प्रदेशका १४ जिल्लाबाट ७० जनाको सहभागिता रहनेछ । जसमा प्रत्येक जिल्लाबाट एकजना छात्रा, एकजना छात्र, एकजना शिक्षक नायक, एकजना सर्कल संरक्षक, र एकजना शाखा सभापति रहने छन । गोष्ठीमा प्रदेश कार्यसमितिका १४ जना,र मोरङ जिल्ला शाखा पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहने छ । गोष्ठीमा रेडक्रसको प्रदेश स्तरमा गत एकबर्षमा भएका सम्पुर्ण गतिविधिको यथार्थ मूल्यांकन गरिनुका साथै आगामी बर्षको लागि योजना बनाइने हुनाले यो कार्यक्रमलाई विशेष महत्वका साथ हेरिने गरिएको कुरा रेडक्रसका प्रदेश महासचिव ऋषिकेश कोइरालाले बताउनु भयो ।