मोरङमा सुशीला पाठक निर्बाचित
14 Dec,2024
बिराटनगर / मङ्सिर २९ / नेपाल पत्रकार महासङ्घ, मोरङ जिल्ला शाखामा सुशीला पाठकको अध्यक्षतामा नया कार्यसमिती गठन भएको छ । हिजो मङ्सिर २८ गते सम्पन्न निर्बाचनबाट उक्त समिति गठन भएको हो ।
नव गठित समितिको उपाध्यक्षमा सन्तोष सिग्देल,सचिबमा नेत्र पी अधिकारी, समाबेशी सह-सचिबमा श्यामसुन्दर सुतिहार, खुल्ला सह-सचिबमा रेवतीरमण निरौला र कोषाध्यक्षमा कौशल निरौला निर्बाचित भएका छन । महिला उपाध्यक्ष पदमा भने तारा आचार्य र बिनु तिम्सिनाको मत बराबर भएको छ ।


नवनिर्बाचित सदस्यहरुमा ( महिला )उषा कुमारी सरदार, ( दलित )तिलक नेपाली, ( आदिबाशी जनजाती )बिद्यानन्द चौधरी, ( मधेशी )सुनिल यादब, ( अन्य समाबेशी )डुमरलाल मेहता निर्बाचित भएका छन । त्यसैगरी खुल्ला सदस्यमा कुमार खडका, अनुज सापकोटा, बाबुराम निरौला, इश्वर दुलाल, मुकेश कुमार यादब र रोशन पोखरेल बिजयी भएका छन ।
त्यसैगरी केन्द्रीय परिषद सदस्यमा ( महिला ) चिना थापा ( निर्बिरोध ), आदिबाशी जनजाती सदस्यमा रुपेन्द्र शेर्मा बिजयी भएका छन भने खुल्ला केन्द्रीय परिषद सदस्यमा बिक्रम लुइटेल, सुभाष कार्की र तेजेन्द्र बहादुर भण्डारी बिजयी भएका छन । प्रदेश परिषद सदस्यमा भने १३ जना उमेदवार निर्बिरोध निर्बाचित भएका छन । जसमा अर्जुन आचार्य, केशर चौहान, गोपाल पोखरेल, चुमन बस्नेत, जितेन्द्र ठाकुर, दिनेश पोखरेल, पुष्पराज थपलिया, भुमिका पाखरिन, भोजराज घिमिरे, मनोज मेहता, बिनोद सुवेदी,सन्तोष गौतम र सुमन घिमिरे छन ।