03 Apr, 2026, Friday

खोज्नुहोस

जनस्वास्थ्य दिवस मनाइदै

28 Nov,2024

बिराटनगर / मङ्सिर १३ / नेपाल जनस्वास्थ्य संघले आफ्नो स्थापना दिवस मनाउने भएको छ । संघले भोलि मङ्सिर १४ गते देखि २० गतेसम्मको सात दिनमा सातै प्रदेशमा कार्यक्रम गर्ने र मङ्सिर २३ गते केन्द्रमा कार्यक्रम सम्पन्न गरि स्थापना दिवसलाई भब्यता दिने रुटिन बनाएको जनाएको छ ।

संघले बिराटनगरमा पत्रकार सम्मेलन गरि आफ्ना कार्यक्रम बारे जानकारी गराएको हो ।सम्मेलनमा बितरित प्रेस बिज्ञप्तीमा कोशी प्रदेशमा भोलि मङ्सिर १४ गते, मधेश प्रदेशमा १५ गते, बागमतीमा १६ गते, गण्डकीमा १७ गते, लुम्बिनीमा १८ गते, सुदुरपस्चिममा १९ गते, कर्णालीमा २० गते र केन्द्रमा २३ गते जनस्वास्थ्यकर्मीहरु र सरोकारवालाहरुको जमघट गरिने उल्लेख छ । कार्यक्रमहरुमा सातै प्रदेशका जनस्वास्थ्यकर्मी, स्थानीय निकाय, स्वास्थ्य मन्त्रालय, मन्त्रीहरु, स्वास्थ्य संबंधित निकायहरु, कर्मचारीहरुसगको सामुहिक छलफल, अन्तरक्रिया हुनेछन । ती छलफलबाट बर्तमान समयमा देखिएका जनस्वास्थ्य सम्बन्धि समस्या, तिनका निराकरणका उपाय सम्बन्धी निष्कर्ष निकालिने छ र भाबी नीति निर्माणका लागि सरकार वा संबंधित निकायलाई सुझाब दिइनेछ । सुझाबको पालना नभएमा दबाबको सृजना गर्न पनि जनस्वास्थ्यकर्मीहरुको यो जमघट प्रभाबकारी हुने बताइएको छ ।

नेपालका तीनै तहका सरकारले उपचारात्मक पद्धतिलाई बढी प्राथमिकता दिने गरेको र बजेट पनि त्यसैमा खन्याउने परम्परा रहेको छ तर रोग लाग्नै नदिने तर्फ उदासिन रहेकोले सबै निकाय र सरकारले आ-आफ्नै जिम्मेवारी अनुरुप काम गर्नुपर्ने पनि आजको पत्रकार साम्मेलनमा बताइएको छ ।

नेपालमा करिब दशहजारको सङ्ख्यामा जनस्वास्थ्यकर्मी रहेता पनि संघमा २ हजार ३ सय जनस्वास्थ्यकर्मी मात्र आबद्द रहेको पत्रकार सम्मेलनको अवसरमा जानकारी दिइयो । २०४७ सालमा गठन भएको संघमा हालसम्म केन्द्र र प्रदेश समिती मात्र गठन भएको छ तर जिल्ला र इकाई समिति पनि गठन गर्ने नीति रहेको पनि सो अवसरमा जानकारी दिइएको छ ।

सम्मेलनमा नेपाल जनस्वास्थ्य संघका केन्द्रीय महासचिव कैलाश श्रेष्ठ, प्रदेश अध्यक्ष ब्रजेश मेहता र कार्यक्रम संयोजक लक्ष्मण खरेलले आ-आफ्नो बिचार राख्नुभएको थियो ।