03 Apr, 2026, Friday

खोज्नुहोस

बिराटनगर धार्मिक पर्यटकीय केन्द्र बन्ने

28 Nov,2024

बिराटनगर / मङ्सिर १३ / बिराटनगर – १० स्थित सनसारी माईस्थान संरक्षण समितिले गत कार्तिक २३ गतेदेखी २९ गतेसम्म संचालन भएको पुराणको आय-ब्यय सार्बजनिक गरेको छ । आज पत्रकार भेटघाट गरि श्रीमद भागवत महापुराण आयोजक समितिले उक्त हिसाब सार्बजनिक गरेको हो ।

समितिले सार्बजनिक गरेको आय-ब्यय अनुसार पुराणबाट कुल ६४,१५,७८१/९२ आमदानी गरेको छ भने २४,७०,०१८/= खर्च भएको जनाएको छ । यसबाट समितिलाई ३९ लाख ४५ हजार ७ सय ६३ रुपैया ९२ पैसा फाइदा भएको छ । उक्त हिसाब बिबरण कोषाध्यक्ष दिनेश सिटौलाले प्रस्तुत गर्नुभएको थियो । सो पुराणमा बहुचर्चित बाचिका राधिका दासीले कथा बाचन गर्नुभएको थियो ।आज आय- ब्यय सार्बजनिक गरेसगै समाजसेवी हरिभक्त सिटौलाको संयोजकत्वमा गठन भएको महापुराण आयोजक समितिलाई बिगठन गरिएको छ ।

सनसारी माईस्थान संरक्षण समितिका अध्यक्ष समाजसेवी कृष्णकुमार मास्केले पुराणबाट प्राप्त रकम तथा स्थानीय, प्रदेश, सङ्घीय सरकार वा अन्य श्रोत वा सहयोगीहरुबाट प्राप्त रकमबाट सनसारी माईस्थान परिषरमा धार्मिक पर्यटकीय केन्द्र निर्माण गर्ने सोच रहेको बताउनु भयो । उहाले संस्थाको १३ कट्ठा १५ धुर जमिन मध्ये हाल ११ कट्ठा जमिन संरक्षीत रहेकोले सोही जमिनमा बिराटनगर महानगरको हेर्नलायक केन्द्र निर्माण गर्ने लक्ष रहेको पनि मास्केले बताउनु भयो ।

सो पत्रकार भेटघाटको अवसरमा सनसारी माताको महत्व दर्साउदै समाजसेवी हरिभक्त सिटौलाले नेपालका प्रमूख शक्तिपीठहरु मध्ये माइली सनसारी माई माता हुन । जेठी माता पाथीभरा देवी, , साइली कामाक्ष माता, दक्षीणकाली माता, नक्साल भगवती लगायत माताहरु सात दिदी-बहिनी छन । सबै माताहरुको उचित संरक्षण र सम्मान भएको छ भने हालसम्म माइली माताको यथोचित संरक्षण र सम्मान हुनसकेको छैन, तर अब हुन्छ ।

हालसम्म मुद्दा मामिला, लोभ लालच तथा बिबिध कारणले सनसारी माइस्थानको संरक्षण हुन नसकेको बताइएको छ ।सनसारी माईस्थानको संरक्षण र बिकासमा लागिपरेका समाजसेवीहरुको हालसम्मको पारदर्शी नीति र सक्रियताले आगामी दुइबर्ष भित्र अनुकरणीय धार्मीक र आध्यात्मीक केन्द्र बन्नेमा बिराटनगरबासीले बिश्वास गरेका छन ।