23 Apr, 2026, Thursday

खोज्नुहोस

राजेन्द्र महतो “र” को एजेण्ट हो ——- – किशोर बिश्वास

17 Nov,2024

बिराटनगर / मङ्सिर ०२ / समाबेशी समाजबादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष किशोर कुमार बिश्वासले कोशी प्रदेशका ६ जिल्लालाई छुट्टै प्रदेश बनाउन माग गरेका छन । बिश्वासले सुनसरी, मोरङ, झापा, उदयपुर, सप्तरी र सिरहालाई छुत्याएर एक प्रदेश बनाउनु पर्ने र कोशी प्रदेशका अरु १० पहाडी जिल्लालाई छुट्टै प्रदेश बनाउन माग गरेका हुन ।

उनले आउदो मङ्सिर १६ हुने उप-निर्बाचनमा आफ्ना पार्टीका उमेदवार सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन । उनको पार्टीले मोरङ्को ग्रामथान गाउ पालिकाको अध्यक्षमा बोध नारायण माझीलाई र सुनसरीको गढी गाउपालिकाको रिक्त वडा अध्यक्षमा योग नारायण ऋषिदेबलाई उम्मेदवार बनाएको छ । पहिचान, बहुलराष्ट्रियवाद, सङघियता, समाबेशीयता, आरक्षण, स्वशासन, सुशासन, बिकाश र समृद्धिको लागि पार्टीले उनिहरुलाई उमेदवार बनाएको आज बितरित प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

बिगतका निर्बाचनमा पैसा, रक्सी र मासु तथा झुठा आस्वासन बाडेर जित्दै आएका काङ्ग्रेस, एमाले, माओबादी लगायतका पुराना पार्टीहरुले देशमा भ्रष्टाचार, कुशासन, जस्ता बेथिती ल्याएको बताउदै केन्द्रीय अध्यक्ष बिश्वासले यस पटकको चुनाबमा पैसा, मासु, रक्सी आदीको प्रयोग गर्न नदिने बताउदै त्यसो गरिएमा वा त्यस्ता अनैतिक गतिविधि गरिएमा ठाउका ठाउँ कारबाही गर्ने कडा चेतावनी दिएका छन । बिश्वासले ९५ प्रतिशतभन्दा बढी थारु मतदाता भएता पनि उनिहरुमा राजनैतिक चेतनाको कमी रहेकाले पुराना पार्टीले त्यसको फाइदा उठाउदै आएको बताउदै अब राष्ट्रिय मुक्ती आन्दोलनको सुरुआत भैसकेको र आम मतदातामा चेतना आइसकेकोले त्यस्तो नहुने र हुन पनि नदिने बताएका छन ।बिश्वासले निर्बाचन आचार सम्हिताको उल्लंघन हुन नदिन निर्बाचन अधिकृतलाई सचेत पनि गराएका छन ।

बिश्वासले डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका डेढकरोड बढी आप्रबाशीलाई निकाल्ने नाराले चुनाब जितेको उदाहरण दिदै नेपालमा रहेका त्यतिनै सङ्ख्याका आप्रबाशी र घुसपैठियालाई निकाल्नु पर्ने बताउदै त्यसो नगरेसम्म हाम्रो देशमा बिकास नहुने दाबी गरेका छन । उनले त्यस्तो घुसपैठियाको नाइके बिहारको सितामढीबाट आएको राजेन्द्र महतो भएको दाबी समेत गरेका छन । राजेन्द्र महतो नेपाली नै होइन भन्दै उ भारतीय गुप्तचर संस्था ” र ” को एजेण्ट भएको ठोकुवा पनि गरेका छन । भारतीय पैसाको बलमा महतो नेपालमा जातीय द्वन्द्व, अस्थीरता र साम्प्रदायीक दङ्गा फैलाएर हाम्रो देशलाई टुक्र्याउन प्रयासरत रहेको आरोप पनि बिश्वासले लगाएका छन ।