24 May, 2026, Sunday

खोज्नुहोस

ग्यासको दुर्घटनाबाट वच्न सचेतना

25 Oct,2024

बिराटनगर / कार्तिक ०९ / एल पी संयुक्त ग्यास किचन सेन्टरले ग्यास उपभोक्ताको सुरक्षाको लागि जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । सेन्टरले प्रयोगात्मक माध्यमबाट कार्यक्रम संचालन गरेकोले उक्त कार्यक्रम उपयोगी बनेको उपस्थित उपभोक्ताले बताएका छन ।

सेन्टरका तर्फबाट तिलक खड्का र सन्ध्या श्रेष्ठले उपभोक्ताले मुख्य रुपमा तीन कुरामा ध्यान दिएमा एल पी ग्यासबाट दुर्घटना नहुने बताएका छन । उनिहरुका अनुसार ग्यास सिलिन्डरको एक्सपायरी डेट हेरेर मात्र ग्यास किन्नुपर्ने, एल.पी.जी. ग्यास कै लागि बनेको गुणस्तर प्रमाण चिन्ह भएको पाइप मात्र प्रयोग गर्नुपर्ने र रेगुलेटर किन्दा मिति र गुणस्तर प्रमाण चिन्ह अनिबार्य रुपमा हेर्न उपभोक्तालाई सुझाएका छन ।

उनिहरुले दुर्घटनाबाट बच्न काम सकिएपछी रेगुलेटर बन्द गर्न पनि सुझाब दिएका छन । आज बिराटनगर ०४ को आस्थामार्गमा सम्पन्न कार्यक्रममा बारम्बार रेगुलेटर, पाइप फेर्ने झण्झटबाट बच्न आई.जी.टी.को प्रयोग गर्न सुझाब दिदै IGT मा सेन्सर जडान भएकोले ग्यासबाट कहिलै आगलागीको खतरा नहुने बताएका छन ।

रेगुलेटरको काम गर्ने आईजीटी के हो र यसले कसरी भरपर्दो काम गर्छ भन्ने सम्बन्धमा आकर्षक ढंगले प्रस्तुत गर्दै कथङ्कदाचित दुर्घटना भैहालमा नेपाल इन्सुरेन्स कम्पनीबाट दुई करोड बराबरको बिमा भएको पनि उक्त कार्यक्रममा बताईएको थियो ।