काङ्ग्रेसको शुभकामना
02 Oct,2024
बिराटनगर / २०८१ असोज १६ / नेपाली काङ्ग्रेस, कोशी प्रदेश समितीले हालैको बाढी पहिरोबाट सडक बाटो बन्द भएर आ-आफ्नो गन्तब्यमा जान-आउन नसकेका यात्रुहरुलाई तत्काल यातायातको ब्यबस्था गर्न प्रदेश तथा केन्द्र सरकारसग माग गरेको छ ।

बडादशैको पुर्बसन्ध्यामा आज बिराटनगरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि काङ्ग्रेसले बाढी पहिरोबाट घाइते भएका नागरिकको निशुल्क उपचारको ब्यबस्था गर्न र मृतकको परिबारलाई उचित क्षतिपूर्ति दिन पनि प्रदेश सरकारसग माग गरेको छ । पत्रकार भेटघाटको अवसरमा मुलुकमा बढ्दै गएको कालाबजारी, महङ्गी, भ्रष्टाचार तथा सबै बेथितिहरु नियन्त्रण गर्न पनि माग गरिएको छ ।
२०८१ सालका महान पर्बहरु बिजयादशमी, शुभदिपावली, छठ लगायतको शुभकामना आदान प्रदान तथा चियापानको सो कार्यक्रम प्रदेश प्रबक्ता यदु बिष्टले सन्चालन गरे भने कार्यक्रममा कोषाध्यक्ष बाहेक कुनै पदाधिकारीको उपस्थिति नहुदा सबैले खल्लो महसुस गरेका थिए ।