24 Apr, 2026, Friday

खोज्नुहोस

पत्रकार पाठक पुरस्कृत

03 Sep,2024

बिराटनगर / १८ भदौ २०८१ / पिताम्बर-खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापित खिलेश्वरी स्मृती पत्रकारिता पुरस्कार – २०८१ कान्तिपुर टेलिभिजनका पत्रकार सुशिला पाठकलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङघको सभाहलमा हिजो आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरिएको हो ।

प्रत्येक बर्ष नेपालका पहिलो पत्रकार मोतिराम भट्टको जन्म जयन्तिका दिन प्रदान गरिने उक्त पुरस्कारको राशी दशहजार रुपैया रहेको छ । बिराटनगरका अग्रज पत्रकार तथा जनबार्ता दैनिकका सम्पादक स्व. कोषराज रेग्मीले आफ्नी आमा खिलेश्वरी रेग्मीको सम्झनामा २०४५ सालमा यो पुरस्कारको स्थापना गर्नुभएको थियो । हिजो बितरण गरिएको सो पुरस्कार १९ औ सस्करण थियो भने सो संस्थाद्वारा पहिलो पटक महिला पत्रकारलाई पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमूख अतिथि कोशी प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री मा. लिलाबल्लभ अधिकारीले पत्रकारिता ब्यबसाय सम्मानित, बौद्धिक, मर्यादित तथा प्राज्ञीक भएको बताउनु भयो । उहाले स्व. कोषराज रेग्मी स्पष्टबक्ता निडर र जुझारु पत्रकार भएको बताउनु भयो ।

मोरङका प्रमूख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले विशेष अतिथिको आसनबाट बोल्दै पत्रकारितालाई हामीले सम्मान गर्नु पर्छ, किनभने पत्रकारिताले हामीलाई र समाजलाई अपडेट गर्नेगर्छ भन्नुभयो ।

उक्त कार्यक्रममा मोरङ व्यापार सङ्घका पूर्ब अध्यक्ष सुरेशकुमार शर्मा, प्रतिष्ठानका सदस्य सचिब कबिराज न्यौपाने, नेपाल पत्रकार महासङघका केन्द्रिय सदस्य अमर खड्का, पत्रकार मोहन भट्टराईले पनि बोल्नुभएको थियो ।