चार पत्रकार पुरस्कृत हुने ।
08 Jul,2023
सन्चारकर्मी सन्चार सहकारी सस्था लिमिटेड, बिराटनगरले मोरङका चारजना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । सस्थाको १२औ स्थापना दिवसको उपलक्षमा असार २७ गते सस्थाले एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कारहरु प्रदान गर्नेछ । उक्तदिन पुरस्कृतहुने पत्रकारहरुमा प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोस सिग्देल र रन्जिता पोखरेल हुनुहुन्छ ।




तोरेन्द्र-ईन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कारबाट अग्रज पत्रकार प्रमोद प्रधानलाई पुरस्कृत गर्न लागिएको हो । यो पुरस्कार आफ्ना बुवा आमाको नाममा छोरी डा.सम्झना प्रधानले स्थापना गर्नु भएको हो । यो पुरस्कारको राशी ५१ हजार रुपैया छ । गत बर्ष २०७९ मा स्थापना भएको यो पुरस्कारबाट बरिष्ठ पत्रकार राजेन्द्र दाहाल पुरस्कृत तथा सम्मानित भैसक्नु भएको छ । त्यसैगरी ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट गोरखपत्रका पत्रकार तथा आवर बिराटनगरका सम्पादक नवराज कट्टेल पुरस्कृत हुनुहुने छ । यो पुरस्कार बरिष्ठ समाजसेवी दिनबन्धु गोयलले आफ्ना दाजु ओम प्रकाश गोयलको सम्मानमा गत २०७५ मा स्थापना गर्नुभएको हो । यसको राशी ५०हजार रुपैयाको छ । यस पुरस्कारबाट पत्रकारहरु भिम चापागाई, गजेन्द्र बुढाथोकी, मोहन मानन्धर, अनन्तराज न्यौपाने र मीनकुमार नबोदित पुरस्कृत भैसक्नु भएको छ । त्यस्तै यसबर्ष २०८० को मेम्बर चन्द्रलाल-दुर्गादेबी दाहाल सन्चार श्रमजीबी पुरस्कार मकालु टेलिभिजनका सहसम्पादक सन्तोस सिग्धेललाई प्रदान गरिने भएको छ । यसको राशी २१ हजार रुपैया छ ।
यो पुरस्कार नेपाल पत्रकार महासङघ मोरङका पुर्ब अध्यक्ष दीपक दाहाल र उनका दाजु मुक्तिनाथ दाहालले गत २०७२ मा स्थापना गर्नु भएको हो । यसबाट पत्रकारहरु कुमार लुइटेल, उद्दब घिमिरे, अभय राई, मोहन मानन्धर, मो. सदरुल, देबनारायण साह,तारा आचार्य र बाबुराम भन्डारी पुरस्कृत भैसक्नु भएको छ ।
कृयाशील महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट यसबर्ष नेपाल टायम्सकी कार्यक्रम सम्योजक रन्जीता पोखरेल पुरस्कृत हुनुहुनेछ । यो पुरस्कारको राशी १० हजार रुपैया छ ।यो पुरस्कार राससकी पुर्ब पत्रकार मीनादेबी श्रेष्ठले गत २०७२ मा स्थापना गर्नु भएको हो । यो पुरस्कारबाट सुशीला पाठक, बिनु तिम्सिना, उमा पोखरेल, ईन्दिरा भट्टराई,राजकुमारी तामाङ, ज्योती चौहान,एलिना दियाली र उषा सरदार पुरस्कृत भैसक्नु भएको छ ।