23 Apr, 2026, Thursday

खोज्नुहोस

कोशी प्रदेशमा एमाले सरकारको पतन ।

30 Jun,2023

बिराटनगर।असार १५। कोशी प्रदेशको एमाले-राप्रपा गठबन्धन सरकारको पतन भएको छ । आज असार १५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिश्वासको मत प्राप्त गर्न नसकेपछि उक्त सरकारको पतन भएको हो । कोशी प्रदेश सभामा जम्मा कायम रहेको ९३ सदस्य मद्ये मुख्यमन्त्री कार्कीले ४६ मत प्राप्त गर्नु भएको थियो । उहालाई एमालेको ४० र राप्रपाको ६ मत प्राप्त भएको थियो ।

एमाले सरकार ढलेको लगत्तै नया सरकार निर्माणको खेल सुरु भएको छ । अब कोशी प्रदेश सभामा २९ सभासद रहेको दोस्रो ठूलो दल नेपाली काङ्रेसले सरकार बनाउने सम्भावना छ तर बिश्वासको मत पुर्याउन काङेसलाई पनि कठिन छ ।

कोशी प्रदेशका राजनैतिक बिश्लेशकले मध्याबधि निर्बाचन हुनसक्ने सम्भाबना औल्याउन थालेका छन ।