08 Jun, 2026, Monday

खोज्नुहोस

सौर्य एयर दुर्घटनाग्रस्त

24 Jul,2024

काठमाडौ / साउन ९ गते / सौर्य एयरलाइन्सको एक विमान (9N-AME) आज दुर्घटनाग्रस्त भएको छ । यहाँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पोखराको लागि उड्न लागेको सो जहाजमा चालक दलका २ जना सहित १९ जना सवार थिए ।

सौर्य एयरको सो जहाज दुर्घटनामा १८ जनाको दुखद निधन भएको छ भने जहाजका चालक पाइलट मनिष शाक्यको उपचार भैरहेको छ । उनको टाउकोमा गम्भीर चोट छ । दुर्घटनाग्रस्त जहाजबाट उनी उछिट्टिएको बताइन्छ ।

यसैबीच प्रधानमन्त्री के पी शर्मा ओलीले घटनास्थलको तत्काल निरिक्षण गर्नुभएको छ । उहाले घटना अत्यन्त दु:खद भएको प्रतिक्रिया दिनुभयो । घटनास्थल पुगेका सर्बसाधारणले यस्तो कहालीलाग्दो घटना जीवनमा कहिलै नदेखेको बताएका थिए । बिमानस्थलको नजिकै घटना भएपनि समयमा दमकल पुग्न नसकेको उपस्थित जनताको प्रतिक्रिया थियो ।

उक्त कारुणिक घटना त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलको धावनमार्गमा चिप्लिएर भएको बताइन्छ । जहाजमा सबै एयर प्राबिधिकहरु थिए । उनिहरु पोखरामा रहेको आफ्नो हेङ्गरमा आफ्नै जहाज सर्भिसिङ र आबस्यक परे मर्मत गर्न जादैथिए । उनिहरु सबैको निधन भयो । नेपालमा यति ठुलो प्राबिधिक क्षती कहिलै भएको थिएन । यस घटनाप्रती मृतकका परिवारजन मात्र नभएर आम नेपाली समेत दुखित छन ।

सौर्य एयरको आजको कहालीलाग्दो दुर्घटनामा दु:खद निधन भएका ब्यक्तिहरु।