23 Apr, 2026, Thursday

खोज्नुहोस

सबैबाट धोखापाएका बिद्यालय कर्मचारीहरु

11 Jun,2023

काठमाण्डौ /जेठ २८/ नेपाल बिद्यालय कर्मचारी परिषद यतिखेर आन्दोलनमा छ । गत जेठ २१ देखि २६ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तर्गत देशका ७७ वटै शिक्षा बिकाश तथा समन्वय इकाईहरुमा धर्ना दिने कार्यक्रम सम्पन्न गरि २८ देखि आन्दोलनलाई केन्द्रीयकरण गरिएकोछ । आज २८ गते माइतीघर मन्डेलामा थाल ठटाएर सरकारलाई सुनाउने कार्यक्रम पनि सकिएको छ । आजको कार्यक्रमका लागि नेपालभरीबाट हजारौ कर्मचारी कर्मचारीहरु काठमान्डौमा छन ।

नेपाल शिक्षक महासङ्घ आवद्ध परिषदले आफ्नो स्थापनाकालदेखी नै पेशागत हक,हित र सुरक्षाको लागि आन्दोलन गर्दै आएको छ । शिक्षक महासङ्घले हरेक आन्दोलनमा अस्थायी शिक्षक र कर्मचारीका मागलाई अग्रपंक्तिमा राखेको तर स्थायी शिक्षकका माग सम्बोधन भएपछि आन्दोलन तुहाउने गरेकाले कर्मचारीहरुले कुनै उपलब्धी हाशिल गर्न सकेका थिएनन ।महासङघका मुख्य पदाधिकारी स्थायी शिक्षक नै हुने र उनिहरुको खान पान र बिदेश भ्रमणको ब्यबस्था भएपछी आन्दोलन छोड्ने धोखेबाजीबाट अघाएका कर्मचारीहरुले फेरीपनि २०७९ भदौमा सङघीय शिक्षा ऎन जारी गर्ने लगयत ५१ बुदे सहमती गरेका छन तर पुराहुने सङकेतसम्म देखिएको छैन ।एक बिश्वस्त जानकारी अनुसार महासङघका पदाधिकारीले नै कर्मचारीका माग पुराहुन नदिने सकुनीभुमिका निर्बाह गर्दै आएका कारण कर्मचारीको समस्या समाधान हुन नसकेको हो ।

कर्मचारीहरुले महासङघबाट मात्र सरकारबाट पनि धोखा पाईरहेका छन । सर्बोच्छ अदालतले ६ महिना भित्र कानून बनाएर बिद्यालय कर्मचारीहरुको सेवा सुबिधाको ब्यबस्थागरी कार्यान्वयन गर्न आदेश गरेको १३ बर्ष भै सकेको छ तर सरकारले चासोसम्म पनि दिएको छैन । यसैबीच यसैबर्षको सरकारको नीति तथा कार्यक्रम को १२७ नम्बर बुदामा बिद्यालय कर्मचारीको दर्बन्दी सहितको सेवा सुबिधाको ब्यबस्था गर्ने भनिएको छ तर आ ब २०८०/८१ को बजेटमा त्यसको लागि ब्यबस्था भएको देखिदैन । यसबाट सरकारले फेरि पनि झुक्याउन खोजेको महसूस गरि परिषद अहिले आन्दोलित बनेको हो । परिषद ३३ बर्ष अगाडि २०४७ मा गठन भएको हो र यश आबद्ध ३५ हजारभन्दा बढी कर्मचारी छन । परिषदले कर्मचारीको दर्बन्दी ब्यबस्था गर्नुपर्ने र ६० बर्ष पुगेका कर्मचारीलाई सन्चयकोष वा उपादानको ब्यबस्थासहित सम्मानित बिदाई गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन ।

हरेक पटकको आन्दोलनमा निराशा मात्र पाएका कर्मचारीहरुले असार २ गतेसम्म पनिआफ्ना जायज माग पुरानभएमा देशभरीका सबै सामुदायिक बिधालय बन्द गर्ने चेतावनी दिएका छन ।