18 Jan, 2026, Sunday

खोज्नुहोस

दलित महिलाहरुको उत्थानका लागि प्रयास

03 Jul,2024

बिराटनगर / असार १९ / “कोहि पनि पछाडि नपरुन” भन्ने सरकारको नाराको बाबजुद नेपाली समाजमा दलित महिलाहरुको अबस्था अझै नाजुग नै रहेको छ । कानूनी समानता अझै कागजमै सीमित छ, ब्यबहारमा लागू हुन सकेको छैन । अझै पनि पित्री सत्तात्मक समाज र बाहुनबादी संस्कारले जरा गाडीराखेकै छ । यो निस्कर्ष दलित महिला संघ (FEDO)को हो ।

नेपालमा दलित महिला र किशोरीहरुको मानव अधिकार प्रबर्धन परियोजनाले दलित महिला माथी हुने सबैखाले बिभेदका बिरुद्द काम गर्दै आएको छ । परियोजनाका जिल्ला संयोजक नरबहादुर आउजीले आज बिराटनगरका सन्चारकर्मीहरुसगको अन्तरकृया कार्यक्रममा जानकारी दिदै वडातह, गाउँ र नगरतह, प्रदेश र केन्द्रतहसम्मै आफुहरुले मधेसी दलित महिला र सबै दलित महिलाका साथै किशोरीहरुको समग्र बिकासका लागि आबस्यक बजेटको ब्यबस्था गर्न आग्रह गरेको तर आशातित सफलता हासिल गर्न नसकेको बताए। उनले कुनै पनि निकायले दलितहरुको बिकाशका लागि ठोश योजना ल्याउन नसकेको बताए । स्थानीय निकायहरुमा दलितहरुका आवाज दबाउने गरिएको उनको दुखेसो थियो । सबै दलित महिला र किशोरीहरुको अबस्था नसुध्रिएसम्म सामाजिक बिकाश हुन नसक्ने उनको भनाई थियो ।

परियोजना दलित महिलाहरुको आर्थिक शसक्तिकरण, मानव अधिकार र न्यायमा पहुँच, नेतृत्व बिकाश तथा सहभागीता, सामाजिक समाबेशीकरण र लैङ्गीक उत्तरदायीत्व जस्ता महत्वपुर्ण पाँच उद्देश्य पुरागर्न कृयाशील रहेको छ । अन्तरक्रिया कार्यक्रम दलित महिला संघकि अध्यक्ष शर्मिला परियारको अध्यक्षतामा सन्चालन भएको थियो ।