कार्की जान्छन : कार्की आउछन
09 May,2024
बिराटनगर / बैशाख २७ / कोशी प्रदेशमा सरकार परिवर्तनको प्रकृया सुरु भएको छ । नेपाली काङ्ग्रेसका केदार कार्की नेतृत्वको सरकारको पतन हुने र पु:न एमालेका हिक्मत कुमार कार्कीको नेतृत्वमा सरकार बन्ने भएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो बैशाख २६ गते एक बिज्ञप्ति जारी गरि प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा बिश्वासको मत प्राप्त गर्न सक्ने प्रदेश सभाका कुनै सदस्यलाई २०८१ बैशाख २८ गते शुक्रबार ५ बजे भित्र दाबी पेश गर्न आव्हान गरे सगै सरकार परिवर्तनको प्रक्रिया सुरु भएको हो ।
२०८० असोज २७ गते गठन भएको काङ्ग्रेसका केदार कार्की नेतृत्वको सरकार केन्द्रमा एमाले, माओबादी र अन्य साना दलको गठबन्धन बनेसगै अल्पमतमा परेको थियो । केन्द्रको गठबन्धन फेरिने बित्तिकै काङ्ग्रेसका केदार कार्कीलाई मूख्यमन्त्री पदबाट राजीनामा गरि नयाँ सरकार गठनका लागि बाटो खोल्न वा बिस्वासको मत लिन एमाले- माओबादीले दबाब दिदै आएका थिए । तर आफू १६८ ( ५ ) बमोजिम नियुक्त भएको र यो कुनै दलिय नियुक्ती नभएको तर्क गर्दै कुनै दलले समर्थन फिर्ता लिदैमा आफुले राजिनामा नदिने र दुई बर्षसम्म बिश्वासको मत पनि लिन नपर्ने सम्बैधानिक ब्यबस्था भएको दाबिसाथ केदार कार्कीले आफ्नो अडान राख्दै आएका थिए । उनले चैत २६ को संकल्प प्रस्ताब असम्बैधानिक भएको भन्दै प्रदेश प्रमुख समक्ष बिरोध समेत जनाएका थिए ।
चैत २६ मा प्रदेश सभाबाट सङ्कल्प प्रस्ताब पास गर्दै केदार कार्की सरकारलाई ३० दिन भित्र बिश्वासको मत लिन एमाले-माओबादी सहितका ५२ साम्सदले दबाब दिएका थिए । सो अबधि पूरा भएपछि प्रदेश प्रमुखले सरकार परिबर्तनको प्रकृया सुरुगरेका हुन । सम्भबत भोलि सुक्रबार नै एमालेका हिक्मत कुमार कार्कीको नेतृत्वमा नयाँ सरकार गठन हुदैछ ।
गत २०८० असोज २७ गते हिक्मत कुमार कार्कीलाई हटाएर उनकै समर्थनमा केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने अहिले तीनै हिक्मतले केदारलाई अपदस्त गरेका छन ।
नेपाली काङ्ग्रेसका प्रभाबशाली नेता डा. शेखर कोइरालाको विशेष कृपाबाट मुख्यमन्त्री बनेका केदार कार्कीले आफ्नो सात महिने शासनकालमा काम भन्दा गफ बढी गरेको र मित्रभन्दा शत्रु बढी कमाएको दाबी काङ्ग्रेसकै नेता कार्यकर्ताहरुले गरेका छन । उनको पतनले काङ्ग्रेसकै अधिकाङ्स साम्सदहरु प्रफुल्लित बनेका छन ।