23 Apr, 2026, Thursday

खोज्नुहोस

तीनदिन बिद्यालय बन्द ।

03 Jun,2023

बिराटनगर । जेठ २० । पुर्बी तराई क्षेत्रमा अत्यधिक गर्मी बढेकोले जनजीबन अस्तब्यस्त हुँदै गएको छ । चर्को घामको साथै तातो हावासमेत बहन थालेपछी जनजीवन कठिन बनेको हो । गर्मीले दिउँसो सडक सुनसान छ भने व्यापार ब्यबसाय ठप्प प्राय छ ।

यसैबीच बिराटनगर महानगरपालिकाले भोलि जेठ २१ गतेदेखी २३ गतेसम्म ३ दिन बिद्यालय बिदा गरेको छ । आज २० गते नगरप्रमूखको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको शिक्षा महाशाखाले जनाएको छ । गर्मीकै कारण महानगरले अस्ति १८ र १९ गते पनि बिद्यालयहरु बिदा गरेको थियो । गर्मी झन बढ्न थालेपछी महानगरले बिदा थप गरेको हो ।