23 Apr, 2026, Thursday

खोज्नुहोस

बिराटनगरमा भगवान जगन्नाथको रथयात्रा हुने

16 Feb,2024

बिराटनगर / फागुन ४ / यही फागुन ७ गते बिराटनगरमा श्री जगन्नाथ भगवानको भब्य रथयात्रा गरिने भएको छ । इस्कोन बिराटनगरले उक्त रथयात्राको आयोजना गर्ने भएको हो ।

इस्कोन मोरङका अध्यक्ष कान्तीस शर्माको उपस्थितिमा इस्कोन बिराटनगरका उपाध्यक्ष भानुभक्त जोशीले आज पत्रकार सम्मेलन गरि उक्त जानकारी दिनुभएको हो ।

इस्कोनले भगवान श्री जगन्नाथको रथयात्रा बिश्वका ७८ देशहरुमा सम्पन्न गरिसकेको छ । नेपालका बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेशहरुमा रथयात्रा सम्पन्न गरिसकेको तर कोशी प्रदेशको बिराटनगरमा भने पहिलो पटक गर्न लागेको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

बिराटनगरको राम-जानकी मन्दिरबाट ७ गते १० बजे सुरु गरि उक्त रथयात्रा महेन्द्र चोक, शिव मन्दिर, भृकुटी चोक, सत्यनारायण मन्दिर, काली मन्दिर, पन्चमुखी हनुमान मन्दिरको बाटो हुँदै सिटिप्यालेसमा पुगी समापन हुने बताइएको छ ।

इस्कोन नेपाल २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता रहेको र समाज कल्याण परिषदबाट मान्यता प्राप्त गरेपछि नियमित र कृयाशील रहदै आएको एक प्रतिष्ठित धार्मिक सस्था रहेको कुरा सो अवसरमा स्पष्ट गरियो । रथयात्रामा करिब दुइहजार भक्तहरु सहभागी हुने कुरा पनि सो अवसरमा बताइयो ।